'भारत को सिमा क्षेत्र दशगजा गएर भारत विरुद्ध प्रदर्शन'

  • प्रकाशित मितिः कार्तिक 22, 2076
  • 833 पटक पढिएको
  • औजार संवाददाता

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको उत्तरी कालापानी क्षेत्रलाई भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि कञ्चनपुरका युवा विद्यार्थी संगठन भारत विरुद्ध निरन्तर बिरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

सत्तापक्ष नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ, अनेरास्ववियू तथा युवा विद्यार्थीहरुले बिहिवार पनि महेन्द्रनगरमा बिरोध स्वरुप मोटरसाइकल र्यालि निकालेका छन् ।

लिपुलेक, कालापानी र लिम्पीयाधुरा मात्र होइन देशका सिमामा नाका क्षेत्रमा भएको अतिक्रमित नेपाली भुमिलाई लाई भारतले दुई पक्षिय कुटनितिक पहल गरी यथाशीघ्र राजनितिक नक्सालाई सच्याउनु पर्ने अनेरास्ववियु केन्द्रिय सदस्य भिम भट्ट बताएका छन ।

पछिल्लो समय भारतको हेपाहा प्रबृति हावि हुदै गएको र मित्र राष्ट्रको आडमा नेपालको राष्ट्रियता माथिनै धावा वोलेको भन्दै सत्तारुढ दलका संगठनका साथै काँग्रेस निकट नेपाल विद्यार्थि संघ, प्रतिवन्धित नेकपा९विप्लव० समुह लगायत नागरीक समाज ले समेत ठाउ ठाउमा भारत विरुद्ध नारावाजि र प्रदर्शन गरेका छन ।

सुगौली सन्धिलाई कार्यान्वयन गर्नुका साथै यी यस्ता बिषयमा नेपाल सरकारले कुटनितीक तबरले यथाशिघ्र पहल कदमी लिनु पर्ने भन्दै राष्ट्रियताका सवालमा गम्भिर भई यो विषयलाई लिएर अन्तराष्ट्रिय अदालत जानु पर्ने अवस्था आएको युवा संघ नेपालका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले बताएका छन ।

भारतले दार्चुलाको नेपाली भूमी अतिक्रमण गरेको झण्डै ६ दशकपछि संस्थागत रुपमा आफ्नै भूमि बनाउने कुचेस्टा गरेकाले त्यसको विरोधमा विद्यार्थी युवा आन्दोलित भएको र र मातृभूमीका लागि जस्तोसुकै संघर्ष गर्ने पनिपछि नपर्ने अनेरास्ववियु नेता वीरेन्द्र राज विष्टले बताएका छन ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे