फड्के किराको प्रकोपले धानबाली सखाप

  • प्रकाशित मितिः कार्तिक 22, 2076
  • 221 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानको ६ नं. वडाको पानवारीमा फड्के किराको प्रकोपले धानबाली नष्ट भएको छ ।
फड्के किराको संक्रमणबाट पाक्न लागेको धानबाली पुरै नष्ट भएको छ । फड्के किराको संक्रमणबाट करिब ६ सय विगाहा क्षेत्रफलमा लगाइएको धानबालीलाई क्षति पु¥याएको छ । यस अघि धरानको १७ नं. वडा र ५ नं. वडामा फौजी किराले धान तथा मकैबाली नष्ट गरेको थियो । फौजी किराको प्रकोपले दुवै वडालाई आक्रान्त पारेको थियो ।

फड्के किराले हरियो धानको पात, बाला तथा डाँढ चुसेर बोट मार्ने गरेको स्थानीय कृषकले बताएका छन् । धरान–६ का कृषक भोजराज थापा मगरले एक विगाहामा लगाएको धानबाली फड्के किराको संक्रमणबाट नष्ट भएको छ । धरानको ६ नं. वडा पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुकै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । पानवारीमा धान भर्खरै काट्ने समय भएको छ । तर धान काट्ने समय हुनु अगावै कित्ता कित्ता धान मरेपछि कृषक चिन्तित छन् ।

फड्के किराले हरियो धानको पात, डाँठ तथा बाला चुसेर बोट मार्ने कृषि अनुसन्धान केन्द्र तरहराका किट विज्ञ किशोर भण्डारीले बताए । उनका अनुसार फड्के किराको नियन्त्रण बेलैमा नगरे त्यसले बिघौविघा धानबाली नष्ट गर्छ । एउटा फड्के किराले एकपटकमा २ सय भन्दा बढी फूल पार्छ र एकहप्तामा बच्चा निकाल्छ । त्यस्तो किराको संख्या लाखौ हुने र तिनीहरुले २ दिनमा धानबालि चुसेर सखाप बनाउने किट विज्ञ भण्डारीले बताए । धरान–६ पानवारीका कृषक भोजराज थापा मगरले भने ‘गतवर्ष एक विगाहामा ७५ मुरी भन्दा बढी धान फलेको थियो यसवर्ष त्यो भन्दा बढी फलेको धान किराले पुरै सखाप ग¥यो ।’ उनले भने ‘छेउकुनामा बचेको धान ८–१० मुरी जती आउला ।’ वर्षभरी खाने अन्न नष्ट हुँदा उनी चिन्तित छन् । त्यस्तै धरान–६ कै अर्का कृषक जगतबहादुर राईले अढाई विगाहामा लगाएको धानबाली आधा भन्दा बढी नष्ट भएको छ । उनी भन्छन्–‘मैले विषादी पनि जेटिएको सल्लाह अनुसार नै लगाएको तर त्यसले केही काम गरेन । अहिले आधा भन्दा धेरै धान मरिसक्यो । काटौ भने पनि धान पाकेको छैन, छोडौ भने पनि किराले सखाप नै पार्ने भो ।’

धरानको ६ नं. वडामा मात्रै ६ सय विगाहा भन्दा बढी क्षेत्रमा धान खेती हुने गरेको छ । जसमा केही कृषकको धानबाली पूर्णरुपमा नष्ट भएको छ भने कसैको आंशिक रुपमा नष्ट भएको छ । ६ नं. वडाका वडाध्यक्ष भुवनसिंह बस्नेतले भने वडामा करिब २ सय विगाहा जती क्षेत्रमा धान पूर्ण रुपमा नष्ट भएको अनुमान गरेका छन् । उनले भने –‘हामीले आकडा निकाल्दैछौ लगभग २ सय विगाहा क्षेत्रमा पूर्ण रुपमा धानबाली नष्ट भएको छ भने त्यति नै क्षेत्रमा आंशिक रुपमा धानबाली नष्ट भएको छ ।’ उनले भने –धानमा देखिएको रोगले एक्कासी धान नष्ट ग¥यो । कृषकलाई यसबारे जानकारी गराउने, रोगबारे चेतना दिन समेत पाएनौ । अहिले पुरै वडामा यसको संक्रमण देखिएको छ । उनले कृषकलाई राहत दिनेबारे छलफल चलाउने बताए । धरान उपमहानगरपालिका कृषि प्राविधिक नगेन्द्र तामाङले धान पाक्न लागेको र पाकेको भए तत्काल काटेर थन्क्याउन कृषकलाई सुझाव दिए । उनले हरियो धानमा भने विषादी हालेर किरा मार्न कृषकलाई सुझाव दिएका छन् ।


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।