घरदैलोमा उमेद्वार विकास र सुशासन सबैको साझा एजेण्डा

  • प्रकाशित मितिः कार्तिक 22, 2076
  • 178 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा उपनिर्वाचनको माहौल तातिन थालेको छ । दलहरु उमेद्वारसहित घरदैलो अभियानमा होमिएका छन् । नेपाली कांग्रेस २ हप्ता अघिदेखि घरदैलो अभियानमा छ भने नेकपा ३ दिनदेखि घरदैलो अभियानमा छ ।

घरदैलो अभियानमा जाँदा नेकपा, नेपाली कांग्रेस तथा स्वतन्त्र उमेदवार सबैले विकास र सुशासनको एजेण्डा उठाएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका तिलक राईले धरानको विकासकोलागि आफ्नो उमेदवारी भएको बताउँदै आएका छन् । उनले नेकपाले धरानमा पटक पटक नेतृत्व गरेको तर विकासका योजनालाई गम्भिर नलिइ अधिकांश योजना अधुरो राखेको बताए ।

उनले सधै नेकपाले जितेको तर्फ इंगित गर्दै धरान कुनै पोखरीमा जमेको पानी जस्तै भएको बताए । नेपाली कांग्रेसका उमेदवार तिलक राईले जमेको पानी विष सरह हुने भन्दै त्यसलाई फेर्न र चलायमान बनाउन यसपटक नेपाली कांग्रेसले जित्नुपर्ने बताए । उनले उपमहानगरपालिका ढिलासुस्ति तथा अनियमितताले थलिएको भन्दै सुशासन कायम गर्न नेपाली कांग्रेसले जित्नुपर्ने दाबी गरेका छन् । त्यस्तै गरी नेकपाका तर्फबाट उमेद्वार बनेका प्रकाश राईले अघिल्लो निर्वाचनमा नेकपाले प्रतिबद्धता गरेका एजेण्डालाई नै प्राथमिकता दिने बताए । उनले धरानको विकासमा नेकपाका पूर्व नेतृत्वले धेरै काम गरेको बताए । उनले धरानलाई पर्यटन, शिक्षा, स्वास्थ्यको केन्द्र बनाउने आफ्नो ध्यान भएको बताए । उनले धरानलाई चारै तर्फका नाकाबाट जोडेर व्यवस्थित सहर बनाउने आफ्नो सपना रहेको समेत बताए । उनले धरानको नेतृत्व गरेपछि जनताले देखिनेगरीको काम गरेर देखाउने समेत प्रतिबद्धता जनाउँदै आएका छन् ।

धरानमा समाजवादी पाटीले गजेन्द्र इश्वोलाई मेयरकोलागि अगाडी सारेको छ । समाजवादी पाटीले पनि धरानको विकास र सुशासनलाई नै मुख्य एजेण्डा बनाएको छ । धरानमा संघिय लिम्बुवान मञ्चले अमर इजमलाई मेयरको उम्मेदवार बनाएको छ । त्यसतै साझा पाटीले राजनकुमार श्रेष्ठलाई धरान उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएको छ । अहिले उपनिर्वाचनको समय नजिकिदै जाँदा सबै पार्टीले चुनावी गतिविधिलाई तिब्र बनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए । त्यसबेला माओवादी केन्द्रले संघीय समाजवादी पाटीसँग गठबन्धन गरेको थियो । त्यसबेला धरान उपमहानगरपालिकामा कूल मतदाता ७९ हजार २ सय ८२ रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको मत बढेका कारण धरानमा यसपटकको निर्वाचन नेकपाले सहजै जित्ने बताउँदै आएको छ । धरानको २० वटा वडा मध्ये नेकपाले १५ र कांग्रेसले ५ वटा वडामा चुनाव जितेका थिए । तर नेपाली कांग्रेसले धेरैजसो वडामा थोरै मतान्तरले मात्रै पराजीत भएकोले यसपटक जित्ने दाबी गर्दै आएको छ । देशमै सत्ताको विपक्षमा माहौल रहेको र धरानमा नेकपाले निरन्तर जित्दै आएपनि राम्रोसँग काम गर्न नसकेको भन्दै कांग्रेसले यसपटक जित्ने नगर सचिव श्याम पोखरेलले दाबी गरे । निर्वाचन आयोग सुनसरीका अनुसार ०७६ असार मसान्तसम्ममा करिब १६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।