रसिक राजको ’कालो मान्छे’ प्रथम

  • प्रकाशित मितिः कार्तिक 20, 2076
  • 109 पटक पढिएको
  • औजार संवाददाता

 बिमल गुरुङ स्मृति पुस्तकालय धरानको आयोजनामा भएको राष्ट्रिय कविता प्रतियोगितामा नेपालगञ्जका रसिक राज प्रथम भएका छन् । प्रतियोगितामा उनले ’कालो मान्छे’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । स्वर्गीय गुरुङको ४९ औँ जन्मजयन्ती तथा २९ औँ बिमल गुरुङ राष्ट्रिय कविता प्रतियोगिता मंगलबार धरान १८ बुद्धचौकस्थित पुस्तकालयको भवनमा आयोजना गरिएको हो ।

प्रतियोगितामा जम्मा १० जना कविहरुकाे कविता छनाैट गरिएकाे थियाे । प्रस्तुत दश कविताहरुमध्ये कालो मान्छे शिर्षकको कविता प्रथम भएको हो ।  पुस्तकालयले प्रत्येक वर्ष कविता महोत्सव, कविता प्रतियोगिताको आयोजना गर्ने गरेको पुस्तकालयका संस्थापक अध्यक्ष पुर्णबहादुर गुरुङले बताएका छन् । जुन महोत्सवमा राष्ट्रिय साहित्यिक स्रष्टाहरुको सहभागिता हुने गर्दछ ।

मंगलबार आयोजित प्रतियोगिताको दोस्रो सोलुखुम्बुका गणेश प्रसाद खतिवडाको ’आस्था र अस्तित्व’ शीर्षकको कविता र गोर्खाका सन्तोष खनालको ’माटो जिन्दगी’ शीर्षकको कविता तृतीय भएको थियो । ओखरबोट र चराहरु शीर्षकको कविताले सान्त्वना पाएको  थियो । उत्त कविता धनकुटाका सरोज कटवालले प्रस्तुत गरेका थिए ।

प्रथमले  बीस हजार,दोस्रो हुनेले पन्ध्र हजार र तेस्रो हुनेले दश हजार सान्त्वना पाँच हजार नगद सहित प्रमाणपत्र हात पारे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले पुरस्कार वितरण गरेका थिए । देशभरीबाट करीब डेढ सय बढी कविता संकलन भएको र त्यसमध्येबाट उत्कृष्ट १० कविता छनौट गरिएको थियो । पु्स्तकालयले प्रत्येक बर्ष स्वर्गीय बिमलको स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्दै आएको पुस्तकालयका अध्यक्ष तथा बिमलका पिता पूर्णबहादुर गुरुङले बताए । कार्यक्रममा पत्रकार गोपाल दाहाल र  साहित्यकार लक्ष्मी राईलाई सम्मान गरिएको थियो । दुवैलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।