दार्चुलामा मेलाबाट घर फर्किंदै गरेका सवार जीप दुर्घटना, '१२ जना घाइते'

  • प्रकाशित मितिः कार्तिक 20, 2076
  • 85 पटक पढिएको
  • औजार संवाददाता

दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका(६, चौतलीचौरमा बुधबार बिहान जीप दुर्घटना भएको हो।

लेकम गाउँपालिकाको रिठाचौपातामा पर्ने लटिनाथ मन्दिरमा लागेको जयपुरमा मेलाको अवलोकन गरी घर फर्किने यात्रु बोकेको से१ज ११३१ नम्बरको जिप दुर्घटनामा परेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए। खड्काका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था सामान्य छ।

शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वरतर्फ गइरहेको जीप केही यात्रा सुरु गरेको केही समयमा नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिप दुर्घटनामा परि मालिकार्जुन गाउँपालिका(२ भगवतीकी २० वर्षीया कलसी धामी र वडा नम्बर ३ बसेडीकी ३० वर्षीया कमला देवी धामीको टाउकोमा चोट लागेको छ।

मालिकार्जुन गाउँपालिका-२ का १८ वर्षीय हरिश सिंह धामी, १९ वर्षीय नरेश सिंह धामी, १८ वर्षीय रमेश सिंह धामी, २६ वर्षीया तुलसी धामी, २० वर्षीय खेम सिंह धामी, १८ वर्षीय पुष्कर सिंह धामी, ३० वर्षीय दान सिंह धामी, २० वर्षीय लोकेश सिंह धामी र मालिकार्जुन गाउँपालिका(३ का १७ वर्षीया मिना धामी तथा ४६ वर्षीय पदम सिंह धामी सामान्य घाइते भएका खड्काले जानकारी दिए।

जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

-एजेन्सी


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।