धरानबाट पदयात्रा टोली नेचर थेरापी गर्दै मिरिकसम्म

  • प्रकाशित मितिः कार्तिक 20, 2076
  • 169 पटक पढिएको
  • औजार संवाददाता

धरान । सेवक अभियानले धरानको पर्यटन प्रवद्र्धन गर्दै मिरिकसम्मको पदयात्रा सम्पनन गरेको छ । मिरिक पुगेको पदयात्राको टोलीलाई मिरिक नगरपालिकाका मेयर एलबी राई तथा पर्यटन विकास विभाग मिरिकका अध्यक्ष सुरज प्रधान, पत्रकार संगठन मिरिकका संरक्षक दधिराम घिमिरे तथा प्रेश क्लब मिरिकका अध्यक्ष दिपमिलन प्रधान लगायत स्थानीयले भव्य स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सेवक अभियानका अध्यक्ष राजिव हलवाई, गायक गंगा वरदान र पत्रकार विराट अनुपमलाई सम्मानीत भएका थिए ।
धरान उपमहनगपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी, प्रदेश सांसदद्वय चन्द्रप्रसाद श्रेष्ठ र सावित्रा जोशीले धरानबाट जाने पदयात्रीको टोलीलाई विदाई गरेका थिए । टोलीले मिरिकमा पुगेर धरानको प्रबद्र्धन गरेका थिए । धरान उपमहानगरपालिकाले उपलब्ध गराएको ब्रोसर लगायत होम स्टेका बारेमा मिरिकमा पदयात्राको टोलीले प्रचार गरेको हलवाईले बताए । पदयात्राको टोलीले मिरिकका मेयर, सञ्चारकर्मी, पर्यटनकर्मी लगायत स्थानीयवासीलाई नेपाल तथा धरान भ्रमणको निम्तो समेत दिएको थियो ।
मिरिकमा पदयात्राको टोलीलाई मेयर लगायत स्थानीय सञ्चारकर्मी, पर्यटनकर्मी लगायतको टोलीले भव्य स्वागत गरेको थियो । स्वागत कार्यक्रममा बोल्दै मिरिकका मेयर एलबी राईले नेपाल प्रति आफ्नो आघात माया रहेको बताएका थिए । उनले एउटा खोलाले सिमाना छुट्याएको भएपनि नेपालसँग आफ्नो रगतको सम्बन्ध तथा भावनात्मक सम्बन्ध रहेको बताएका थिए ।

ddd 
प्रत्येक शनिबार विहान करिब ३ घण्टा धरानबाट नजिकको गन्तव्यमा पदयात्रा गर्दै आएको सेवक अभियान यसपटक भारतको मिरिकसम्म पुगेको थियो । १ सय १२ औं हप्ताको अवसरमा सेवक अभियान ‘नेचर थेरापी पदयात्रा’ गर्दै मिरिकसम्म पुगेको हो । सहरको धुँवा, धुलो तथा कोलाहलबाट टाढा रहन तथा प्रकृतिको मनमोहक दृष्यावलोकन गर्दै मनोरञ्जन गर्न गरिएको पदयात्रालाई ‘नेचर थेरापी पदयात्रा’ नामाकरण गरिएको थियो । सेवक अभियानको नेतृत्वमा ८७ जना सहभागी पदयात्रा टोलीले धरानबाट बसमा इलामको हर्कटेसम्म पुगेर हर्कटेबाट श्रीअन्तुसम्म पदयात्रा गरेको थियो । पहिलो दिन शुक्रबार हर्कटेबाट ५ घण्टाको यात्रामा श्रीअन्तुसम्म पुगेको थियो । दोस्रो दिन श्रीअन्तुबाट सूर्याेदयको अवलोकन गरेर पदयात्राको टोली ६ घण्टाको पदयात्रा गरेर भारतको मिरिकसम्म पुगेको थियो ।
पदयात्राको टोलीको नेतृत्व सेवक अभियानका अध्यक्ष राजिव हलवाईले गरेका थिए । टोलीमा गायक गंगा वरदान, पत्रकार विराट अनुपम, पर्यटनकर्मीहरु मनोज श्रेष्ठ, भरत श्रेष्ठ, पुरन श्रेष्ठ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधीहरु रहेका थिए ।

df


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।