'१५ वर्षदेखि लगातार गुफाभित्र कैद गरेर बलात्कार,बाहिरिएको यो घटना'

  • प्रकाशित मितिः कार्तिक 19, 2076
  • 1845 पटक पढिएको
  • औजार संवाददाता

इन्डोनेशियामा एक वृद्धले १५ वर्षसम्म युवतीलाई गुफामा कैद गरेर उनको यौन शो षण गरेको घ टना सार्वजनिक भएको छ ।पुलिसले आरोपी ८३ वर्षे वृद्धलाई प क्रा उ गरेको छ । उनले १५ वर्ष अघि १३ वर्षकी बालिकालाई अपहरण गरेर गुफामा कैद गरेर राखेको बताइन्छ ।यी वृद्ध व्यक्तिले आफूमा एक युवकको आत्मा प्रवेश गरेको दाबी गर्दै करिब १५ वर्षसम्म उनको यौन शोषण गरेको बताइन्छ ।

पुलिसका अनुसार महिलालाई गत आइतबार मध्य सुलावेसी प्रान्तको गालुम्पांग इलाकाबाट उद्दार गरिएको हो । यी महिलालाई एक गुफामा राखिएको थियो ।पुलिसले गुफाको जुन तस्बिर सार्वजनिक गरेका छन् त्यसमा गुफाभित्र केही फर्निचर देखिएका छन् । उक्त गुफा अभियुक्तको घर नजिकै भएको पुलिसले जानकारी दिएको छ ।तोलितोली पुलिसका प्रवक्ता एम इकबाल अलुकुदुसीका अनुसार अभियुक्तले १३ वर्षको हुँदा नै उनको बलात्कार गरिरहेका थिए । राती ती युवतीलाई आफ्नो घर ल्याउँथे तर दिउँसो भने गुफामा कैद गरेर राख्थे ।

पुलिसका अनुसार अभियुक्तले १५ वर्ष अघि पीडितलाई उनको प्रेमीको तस्बिर देखाएर उनको आत्मा आफ्नो शरिरमा प्रवेश गरेको भन्दै फकाइफुलाई गरेका थिए । जकार्ता पोष्टले एक स्थानीय व्यक्ति सुजेंगलाई हवाला दिँदै भने, ‘पीडितलाई ब्रेनवास गरिएको जस्तो देखिन्छ । पीडित त्यहाँबाट भाग्न नसकोस् र कसैलाई भेट्न नसकोस् भन्दै उनलाई लगातार धम्की दिए र लगातार निगारनीमा राखे ।’

पीडितको भनाई उद्धृत गदैै पुलिस प्रमुखले समाचार एजेन्सी रोयटर्सलाई सन् २००३ देखि नै ‘जिन अमरिन’ ले उनीसँग यौन सम्बन्ध स्थापित गरिरहेको जानकारी दिए ।पीडितकी बहिनीले छिमेकीलाई उनी वरिपरि नै कतै भएको जानकारी दिएपछि यसबारे पुलिसले अनुसन्धान थाल्दा उनीबारे पत्ता लागेको बताइएको छ । पीडितकी बहिनीको विवाह अभियुक्तका छोरासँग भएको थियो र अभियुक्तले पीडित महिला काम गर्नका लागि जकार्ता गएको भन्ने झुटो खबर दिएको उनले बताइन् । अभियुक्त विरुद्ध बाल सुरक्षा कानून अनुसार मुद्दा दर्ता गरिएको छ । आरोप पुष्टि भएपछि उनलाई १५ वर्षको जेल सजायँ हुनसक्छ ।

-एजेन्सी


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।