'यस कार्यालयका कर्मचारी हेल्मेट लगाएर काम गर्छन्, कारण यस्तो'

  • प्रकाशित मितिः कार्तिक 19, 2076
  • 356 पटक पढिएको
  • औजार संवाददाता

कात्तिक १९, २०७६ – भारतका उत्तर प्रदेशस्थित बाँदामा रहेको बिजुली अड्डामा कर्मचारीहरू हेल्मेट लगाएर काम गर्छन् ।

यसको अनौठो कारण छ ।

बिजुली विभागको कार्यालय भवन जर्जर भइसकेकोले कर्मचारीहरूले आफूलाई सुरक्षित राख्न हेल्मेट लगाउनुपरेको बताइएको छ । काम गर्दागर्दै छतको कुनै भाग टाउकोमा बज्रिएला भन्ने डरले गर्दा उनीहरू हेल्मेट लगाएर काम गर्छन् ।

कार्यालयका एक कर्मचारीले भने, ‘म यस कार्यालयमा आएको दुई वर्ष भयो । तर परिस्थिति परिवर्तन भएको छैन । हामीहरूले उच्च अधिकारीहरूलाई पनि जानकारी दियौं तर कुनै जवाफ आएको छैन ।’

ट्विटर प्रयोगकर्ताहरूले यस्तो बिजोकको स्थितिका लागि योगी आदित्यनाथ सरकारको आलोचना गरिरहेका छन् ।

-एजेन्सी


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।