लघुवित्तका कर्मचारी पेस्तोल सहित पक्राउ, धरान र कानेपोखरीमा लुटेको आशंका

  • प्रकाशित मितिः कार्तिक 18, 2076
  • 979 पटक पढिएको
  • औजार संवाददाता

धरान । अटोमेटिक पेस्तोलसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन र एक राउण्ड गोलीसहित कटहरी गाउँपालिका– २ का सुरज भनिने बिक्कीकुमार भगत र धनपालथान गाउँपालिका– ७ का मुकेशकुमार मण्डललाई पक्राउ गरेको हो ।
बिक्की शनिबार कटहरी– १ सिंघिया खोला पूर्व तर्फ रहेको चौरमा आयोजित मेलाबाट पक्राउ परेका थिए । २३ वर्षिय बिक्कीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले २८ वर्षिय मुकेशलाई पक्राउ गरेको हो । मुकेश जीवन विकास समाज(लघुबित्त) उदयपुरको रामपुर ठोक्सिलामा फिल्ड सहायाकको रुपमा कार्यरत छन् । बिक्की भने दुई वर्षयता विराटनगरको एक कपडा पसलमा काम गर्दै आएका छन् । पक्राउ परेका दुबैमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
शनिबार छठ पर्वको अवसरमा कटहरी १ सिंघिया घाट पूर्व तर्फ रहेको खेल मैदानमा सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा करिब ८ बजे हुलहुज्जत गर्दै केही युवाले ढुंगा प्रहार गरे । ढुंगा प्रहार भएपछि घटना स्थलमा रहेको प्रहरीले संकास्पद व्यक्तिलाई पक्राउ गर्न खोज्दा भागदौड भयो । संकास्पद व्यक्तिहरु भागेपनि बिक्की भने प्रहरीको अगाडी उभिरहेका कारण पक्राउ परे । प्रहरीले संकास्पद ८ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा विक्कीको साथमा लोड गरिएको अटोमेटिक पेस्तोल,दुई थान म्यागजिन र एक राउण्ड गोली बरामद गरेको मोरङका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
शनिबार राति करिब ८ बजे पक्राउ परेका बिक्कीमाथि अनुसन्धान गर्दा हतियारको कनेक्सन जीवन बिकास समाजको फिल्डसहयाक मुकेशकुमारसँग देखिएको थियो । अनुसन्धानका क्रममा मुकेशले बिक्कीलाई राख्नकालागि दिएको खुलेपछि प्रहरीले विराटनगर ७ जलजला चोकबाट मुकेश पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरुले छठ पर्वमा घटना घटाउने उदेश्यले आएको हुनसक्ने प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरुको नेपाल र भारतका अन्य व्यक्तिसँग पनि कनेक्सन देखिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार संकास्पद अन्य व्यक्ति माथि पनि अनुसन्धान भइरहेको छ ।

लुटपाटमा संलग्नताको आशंका
लघुबित्तका कर्मचारी नै पक्राउ परेपछि प्रहरीले उनीहरुमाथि लघुवित्तमा कार्यरत कर्मचारी लुटपाट गरेको हुनसक्ने आशंकामा पनि अनुसन्धान सुरु गरिरहेको छ । केही महिना अघि मोरङको कानेपोखरी जंगल क्षेत्रमा लघुबित्तकी कर्मचारी लुटिएकी थिइन् । सुनसरीको धरानमा पनि लघुबित्तका कर्मचारी लुटिएका थिए । दुबै घटनामा संलग्नताको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।