परिवर्तनको सास्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः कार्तिक 18, 2076
  • 85 पटक पढिएको
  • औजार संवाददाता

परिवर्तन युवा समुहको सास्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुभदिपावालि तथा छथ पर्वको अवसर पारेर नव कलाकारहरुको हौसला र अन्र्तनिहित प्रतिभालाई प्रष्फुटन गराउने उदेश्यले उत्त कार्यक्रम गरिएको हो । धनकुटा बेलाराङमा अवस्थित उत समुहले प्रत्येक वर्ष कलाकारहरुको प्रोत्साहन र कला वृद्धीको निमित्त विभिन्न कार्यक्रमहरुको आयोजना गर्दे आएको छ भने नव कलाकारहरुलाई स्टेज प्रदान गर्दे आएको छ ।

शनिबार आयोजित कार्यक्रममा कलाकार तथा नव रंगकर्मि निश्चल कुलुङ राई र कलाकार तथा संचारकर्मि दिपेश राईलाई समुहले सम्मान गरेको थियो । साथमा समुहलाई विशेष योगदान पुर्याउने मुना राई र अनिता तामाङलाई समेत सम्मान गरेको थियो । उनिहरुलाई समुहका अध्यक्ष बालकुमार राईले सम्मान पत्र र खदाले सम्मान गरेका थिए । साथै समुहका कलाकारलाई समेत समुहले प्रमाणपत्र सहित सम्मान गरेको थियो । यसले कलाकारहरुलाई थप हौसला मिल्ने कार्यक्रमका संयोजक प्रशान्त राईले बताए ।

नव कलाकार उत्पादन गर्ने उदेश्यले वार्षिक रुपमा कार्यक्रम गर्दे आएको समुहका अध्यक्ष बालकुमार राईले बताए । उनले भने गाउँमा घरायसि कामकाजमा अलि बढी व्यस्त र व्यवहारीक हुने भएकोले कतिपय कलाकारहरु ओझेलमा पर्न जान्छन् । नाच्न र गाउनका लागि समयको धेरै अभाव हुन्छ तथापि पनि समुहले कलाकारहरुलाई स्टेज प्रदान गर्ने गरेको उनले बताए ।

गाउँमा लुकेका कला प्रतिभा धेरै रहेतापनि हिजोका दिनहरुमा कलाकारहरुले आफ्नो कला प्रदर्शन गर्ने ठाउ नपाईरहेको अवस्था थियो तर समुहको स्थापना पश्चात कलाकारहरुलाई त्यो समस्या नरहेको समुहका कोषाध्यक्ष रामकुमार राईले  बताए । समुहले स्थापनाकालबाटनै समाजमा प्रशंशामुलक कार्यहरु गर्दे आएको छ ।

शनिबार आयोजित कार्यक्र्रममा स्थानिय कलाकारहरुको साथमा विशेष आर्कषक कलाकाहरुले समेत आफ्ना प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिलाएका थिए । गितकार उदय राई,निश्चल कुलुङ राईले पनि कार्यक्र्रममा आफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रम  समुहका अध्यक्ष बालकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन प्रशान्त राईले गरेका थिए ।

 


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।