'अजय देवगनसँग विहे गर्नुको कारण खुलाइन काजोलले'

  • प्रकाशित मितिः कार्तिक 15, 2076
  • 2089 पटक पढिएको
  • औजार संवाददाता

बलिउडकी चर्चित अभिनेत्री हुन् काजोल । बेखुदीबाट बलिउडमा डेब्यु गरेकी उनले कैंयौ भारतीय चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् । २५ मे १९७२ मा जन्मिएकी काजोलले २५ वर्षको उमेरमा बलिउड अभिनेता अजय देवगनसँग विवाह गरेकी हुन् । हाल आएर उनले अजय देवगनसँग विवाह गर्नुको कारण खोलेकी छिन् ।

१६ वर्षको उमेरदेखि नै अभिनय यात्रा थालेकी काजोलले अभिनय यात्राकै क्रममा अजयसँग प्रेमसम्बन्धमा रहेर विवाह गरेकी हुन् । अहिले उनकी एक छोरी समेत रहेकी छिन् । काजोलले १९९९ मा अजय देवगनसँग विवाह गरिन् ।

उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ वर्ष भएको थियो । हरेक वर्ष ४–५ वटा फिल्महरु आइरहेको थियो । मसँग सबै कुराहरु थियो । पैसा, सफलता भएपनि समय थिएन । त्यसैले विवाह गर्छु र वर्षमा एउटा मात्र फिल्म गर्छु ।’

उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन ससफल भएकी थिइन् । त्यो भन्दा पनि बलिउड अभिनेता शाहरुख खानसँग ‘कुछ कुछ होता है’ फिल्ममा अभिनय गरेपछि उनी थप चर्चा चुलिएको हो । उनी चलचित्रका अलावा सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छिन् भने भगवान शिवको पूजाआराधनामा पनि उत्तिकै समय खर्चिन्छिन् ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे