शंखेश्वरीको अतिरित्त शिक्षण कक्षा र कविता प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः कार्तिक 14, 2076
  • 1211 पटक पढिएको
  • औजार संवाददाता

शंखेश्वरी आधारभुत विद्यालयको आयोजनामा भएको कक्षा स्तरीय कविता प्रतियोगिता र अत्तिरित्त शिक्षण कक्षा सम्पन्न भएको छ । नेपालिहरुको महान चाड शुभदिपलिको शुभ अवसर पारेर शंखेश्वरी आधारभुत विद्यालय मा कक्षा  ६, ७, र ८ मा अध्ययनरत बिधार्थिहरुको  अतिरिक्त शिक्षण कक्षा समापन कार्यक्रम संगै कविता वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । 

प्रतियोगिताको प्रथम कक्षा ६ का विश्व राई भएका थिए । दोस्रो कक्षाख ८ की सुजना राई र तेस्रो कक्षा आठ कै पुर्णिमा राई भए ।  प्रतियोगिताको प्रथम ,द्वतिय र तृतिय हुनेलाई प्रोत्साहन स्वरुप क्रमस नगद १५ सय, एक हजार र ५ सय साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रममका सभाध्यक्ष मनोज राईले पुरस्कार प्रदान गरेका थिए । प्रथम हुनेले मेरो पढाईको लागि मेरो बाबा आमा यस्तो भए हुन्थ्यो शिर्षकको कविता प्रस्तुत गरेका थिए । जुन कवितामा छोराछोरीको शिक्षामा अभिभावत्वको भुमिकालाई उनले जोढेका थिए ।

 

आज म छु बालक

भोलि बन्नेछु देशको सेवक

बाबा मेरो शिक्षामा हिड्नुस् हात समाई

राम्रो भन्दा राम्रो हुन्छ मेरो पढाइ

 

सम्पतिले कहिले को शान्ति भाछ र

शिक्षा आर्जन गरेमा काहा भागबन्द लाग्छ र

किन बाबा तिम्रो मन जुवा तासमा ढल्छ

मेरो पढाइमा ध्यान दिनुस् राम्रो फुल फुल्छ

 

राम्रो शिक्षा राम्रो संस्कार जीवन जिउने आधार

शिक्षित सन्तान भयो भने राम्रो हुन्छ परिवार

मेरो लागि कापि कलम खोज्नुस् राम्रो स्कुल

बुढेसकालको लठ्ठी जस्तै बन्छु म कुशल ।

 

यसरी उनले आफ्नो कवितामार्फत शिक्षालाई जोड दिएका थिए । कार्यक्रम भोजपुर जिल्ला रामप्रसाद राई गाउपालिका वडा नं ८ अध्यक्ष मनोज राईको अध्यक्ष्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिधालयका ब्यवस्थापक दल बहादुर राई रहेका थिए ।

कविता वाचन तर्फ जम्मा १२ जना बिधार्थिहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको निर्णायको भुमिका कवि त्रिलोक त्रिबेणी राई ले गरेको थिए । कार्यक्रममा बिद्यालयमा अध्यनरत बिधार्थिहरुलाई एक महिना सम्म निशुल्क शिक्षण गराउने अनिल राई, आनान्ता राई, रजनी राई, सबिता राईलाइ विशेष सम्मान गरिएको थियो । विद्यालयको एक महिने निशुल्क शिक्षण कक्षा समापन संगै शिक्षकहरुलाई बिदाई समेत गरेका थिए ।

 


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले