भारतमा ३ नेपाली मजदुरकाे हत्या

  • प्रकाशित मितिः कार्तिक 11, 2076
  • 479 पटक पढिएको
  • औजार संवाददाता

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ।

उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताएका हुन्।

'उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ', उनले भने।

हरे र बीरा सहदोर भाइ हुन्।

उनीहरुले पिथौरगढको सिलौलमड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए। हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराले बताएका छन्। शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ।

बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए। हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन।


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्