'विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो काइदा'

  • प्रकाशित मितिः कार्तिक 3, 2076
  • 346 पटक पढिएको
  • औजार संवाददाता

भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले आफ्ना विद्यार्थीलाई गरेको व्यवहार हाल चर्चामा छ।

कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो फोटो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ।

मिडियामा आएको समाचार अनुसार यो निजी कलेजमा पछिल्लो वर्ष निक्कै परिक्षामा चोरी भएको थियो । त्यसैलाई मध्यनजर राखेर कलेज प्रशासनले यो पटक चोरी रोक्नको लागि यो तरिका अपनाएको हो।

यो घटनाको तस्विर मिडियामा बाहिरिए पछि राज्यको शिक्षा प्रशासन भने रुष्ट बनेको छ । कर्नाटक सरकार अन्तर्गतको शिक्षा विभागका डेपुटी डाइरेक्टर एसएस पिराजेले यस सम्बन्धमा कलेजसँग प्रश्न गरिएको जानकारी दिए । पिराजेले सन्तोजषजनक जवाफ नआएमा कलेजको मान्यता रद्द गरिने चेतावनी दिएका छन्।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे