आमाछोरी हत्या गर्ने पक्राउ

  • प्रकाशित मितिः कार्तिक 1, 2076
  • 1591 पटक पढिएको
  • औजार संवाददाता

उदयपुर । उदयपुर जिल्लामा आमाछोरीलाई हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।
गत शुक्रबार राति आमा छोरीको घाटी रेटी हत्या गरेको आरोपमा त्रियुगा नगरपालिका ९ राजाबासकी आमा २८ वर्षिय शारदाकुमारी चौधरी (गोमा) र छोरी ६ वर्षिय रचना कुमारी चौधरीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए । हत्यामा संलग्न लहान नगरपालिका २ मटरुवा घर भई हाल त्रियुगा नगरपालिका ३ स्थित मोतिगडामा मिठाई पसल संचालन गर्ने वर्ष ४० का रामहरीलाई विहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

अभियुक्तले शुक्रबार साँझ अन्दाजी ७ बजेको समयमा घाँटीमा सलले कसी घटना घटाएको र पछि मृतकको घरको भर्याङ मुनी घाटी रेटी काटी मारेको अभियुक्तले स्वीकार गरेकोलाई उध्रित गर्दै पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले पत्रकार सम्मेलनमा जानकारी दिइएएको छ । पत्रकार सम्मेलनमा अभियुक्तले पहिले आमालाई र पछि छोरीलाई पालैपाले घाँटीमा सलले कसी मारेको र मरेपछि अभियुक्तले धारिलो हतियार प्रहार गरेको एसपी मगरले जानकारी दिए ।
मृतकको घरमा आउजाउ गरिरहने साहमाथि शंका गरी अनुसन्धान गर्दा मृतक महिलाको कानबाट लुछिएको सुनको गहना २ वटा बटारेको ९बेरुवा० रिङ्ग र पानको पात जस्तो आकारको पोते बिनाको सुनको लकेट (मंगलसुत्र) साहको कोठामा छापा मार्दा फेला परेको, मृतक महिलाले प्रयोग गर्ने चारवटा मध्ये तीनवटा मोवाइल सिम साहकै नाममा रहेको र विवाह गर्ने गरी लामो समय महिलासंग प्रेम गरेपनि असफल भएपछि हत्या गरेको वयानसमेतलाई आधारमानी प्रहरी अन्तिम निष्कर्षमा पुगेको एसपी मगरले बताए । साहले योजनाबद्ध ढंगले घटना घटाएको अनुसन्धानले देखाएको छ । श्रीमती नहुने भन्ने भएपछि मानसिकरुपमा विक्षिप्त भएका साहले दशै अघिदेखि नै हत्याको योजना बनाएको र आमाछोरी दुईजनामात्र घरमा भएको मौकामा घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ । गत २४ गते शुक्रबार राति माइती पक्षले मृतकको मोबाइलमा फोन गरेपनि फोन नउठेपछि आफ्न्तलाई उनको घर पठाएको थियो ।

आफ्न्त मृतकको घरमा आई हेर्दा बाहिरबाट चुकुल लागेको देखेपछि चुकुल खोलेर घरभित्र पस्दा आमा छोरीको घाटी रेटी हत्या भएको देखेपछि छरछिमेक हुँदै प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले घटनाको प्रकृतिमुचुल्का उठाउनुका साथै गहिरो अन्सन्धान थालेको ६ दिनमै अपराधी पत्ता लगाएको हो । मृतकसंग सम्बन्ध भएका, व्यवहार गरेका स्थानीय छरछिमेकी, आफन्त र संकास्पद करिब दुईसय व्यक्तीहरुसंग सोधपुछ तथा अनुसन्धानपछि प्रहरी निश्कर्षमा पुगेको जनाएको छ । प्रहरीले धरानबाट तालिम प्राप्त लैला नामक कुकुर झिकाएर अनुसन्धान शुरु गरेको थियो ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व