मेस्सी अर्थात् : ‘मिस्टर गोल’

  • प्रकाशित मितिः आश्विन 30, 2076
  • 197 पटक पढिएको
  • औजार संवाददाता

अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बुधबार राति आफ्नो फुटबल करियरको छैटौं गोल्डेन बुट जिते । मेस्सी विश्व फुटबल इतिहासमा छ पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी हुन् ।

मेस्सीपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले चार पटक गोल्डेन बुट जितेका छन् । पहिलो पटक सन् २००९–१० मा गोल्डेन बुट जितेका उनले उक्त सिजन ला लिगामा ३४ गोल गरेका थिए ।

मेस्सीले सन् २०११–१२ को सिजनमा अर्को गोल्डेन बुट जित्न सफल भए । उनले उक्त सिजन ला लिगामा ५० गोल गरेका थिए । जुन रेकर्ड मेस्सीले ला लिगामा दोस्रो पटक तोड्न सकेका छैनन् । खेल कौशलता र विवेकशील खेलाडीको रुपमा चिनिने मेस्सीले त्यसको अर्को सिजन लिगमा ४६ गोल गर्दै बुट जित्न सफल भए । त्यसपछि लगातार दुई सिजन रोनाल्डोले यो अवार्ड आफ्नो नाममा राख्न सफल भए । रोनाल्डोले सन् २०१३–१४ मा बार्सिलोनाका लुइस स्वारेजसँग यो अवार्ड बाँडेका थिए ।

उक्त सिजन स्वारेजले लिभरपुलबाट प्रिमियर लिगमा ३१ गोल गरेका थिए । रोनाल्डोले भने ला लिगामा ३१ गोल गरेका थिए । सन् २०१४–१५ मा भने रोनाल्डोले ला लिगमा ४८ गोल गर्दै चौथो पटक गोल्डेन बुट जित्न सफल भए । रोनाल्डोले त्यसयता गोल्डेन बुटमा राज गर्न सकेका छैनन् । सन् २०१५–१६ मा भने स्वारेजले गोल्डेन बुट आफ्नो नाममा गर्न सफल भए । उनले बार्सिलोनाबाट ला लिगामा ४० गोल गर्दै अवार्ड आफ्नो नाममा गरेका हुन् । स्वारेजले उक्त सिजन करियरमा दोस्रो पटक यो अवार्ड जितेका थिए । स्वारेज र मेस्सीले धेरै पटक गोलको लागि एक अर्कालाई सहयोग पनि गरेका छन् ।

ला लिगाको अफिसियल पेजमा मेस्सीको फोटो राख्दै ‘मिस्टर गोल’ लेखिएको थियो । त्यसपछिका तीन सिजनमा मेस्सीले यो अवार्डमा राज गर्न सफल भए । सन् २०१६–१७ को सिजनमा ३७ गोल गर्दै अवार्ड जितेका मेस्सीले त्यसपछिको सिजनमा ३४ गोल गर्दै अवार्ड जित्न सफल भए । लियोनल मेस्सी पाँच पटकका बालोन डी’ओर विजेता हुन् । यो अवार्ड भने मेस्सी र रोनाल्डोले पाँच पाँच पटक जितेका छन् ।

-एजेन्सी 


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।