चिया खान नदिने बिरुद्ध किटानी जाहेरी

  • प्रकाशित मितिः आश्विन 28, 2076
  • 160 पटक पढिएको
  • औजार संवाददाता

मोरङ । होटलमा सानो जाति भनेर चिया खान नदिने बिरुद्ध पिडितले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका –४ बस्ने ६० बर्षिया डिमोने कामीले सोही नपा –४ नम्बर वडाका ६५ बर्षिय रुद्रबहादुर कटुवाल र ९ नम्बर वडाका ४५ बर्षिय टलकबहादुर पाण्डे बिरुद्ध सार्वजनिक होटलमा बसेर चिया खान नदिएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएका हुन् ।

पीडित डिमोने कामीले आफुलाई सार्वजनिक स्थलमा जातिय छुवाछुत गरेकोले पिडकहरुलाई जातिय छुवाछुत कसुर सजया ऐन २०६८ अनुसार कानुनी कार्वाही गर्न माग गरेका छन् ।ईलाका प्रहरी कार्यालय पथरीमा दर्ता भएको जाहेरी अनुसार २० असोज दिउँसो पथरी शनिश्चरे –९ स्थित शनिश्चरे बजारमा रहेको टलक बहादुर पाण्डेको चिया पसलमा डिमोने कामी चिया पिउन गएका थिए ।

तर आप्mनो पसलमा उच्च जातिका मान्छेहरु चिया पिउन आउने गरको भन्दै पसल धनी पाण्डेले डिमोनेलाई सानो जाति भएकोले बाहिर बसेर चिया पिउन भनेका थिए । तर डिमोनेले कानुनमा सबै बरावर हुन्छ बिभेद र छुवाछुत गर्न पाइदँैन भन्दा ‘कार्वाही गर्न सके गर’ भन्दै होटलवालाले उनलाई धकेलेर बहिर निकालिदिएका थिए । होटलवालाले भित्र बस्न नदिएपछि बाहिर बसेर चिया पिउन लाग्दा सानो जाति भएर आफुसँगै बसेर चिया पिउन लागेको भन्दै ग्राहक रुद्रबहादुर कटुवालले जातिय गाली गलौज गर्दै छुवाछुत गरेका थिए ।

आफु माथि अपमान जनक जातिय छुवाछुतको अपराध भएको भन्दै पिडित डिमोने कामीले न्यायका लागि बिभिन्न दलित संघसँस्था गुहारेका थिए । दसैको समय भएकोले तत्काल जाहेरी दिन नसकेपनि दसै सकिए लगत्तै दलित अधिकारकर्मीहरुको पहलमा सोमबार ईप्रका पथरीमा छुवाछुत गर्नेलाई कार्वाही माग्दै जाहेरी दिएको दलित गैरसरकारी सँस्था महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोपाल लकान्द्रिले बताए ।ईप्रका पथरीका ईन्चार्ज डिएसपी लक्ष्मी अधिकारीले छुवाछुत गर्नेहरु बिरुद्ध किटानी जाहेरी दर्ता भएको र मंगलबार अदालतबाट पक्राउ पुर्जी लिएर आरोपीहरुलाई पक्राउ गरि कानूनी कार्वाही चलाउने बताए । उनका अनुसार घटनाबारे बिश्वकर्मा एकता समाज मोरङ, दलित गैरसरकारी सँस्था महासंघ एक नम्बर प्रदेश , दलित सेवा संघ मोरङ, मुक्ति समाज र नेपाल दलित संघले ध्यानआर्कषण गराएका छन् । जातिय बिभेद तथा छुवाछुत कसुर सजाय ऐन २०६८ शंसोधित २०६२ अनुसार सार्वजनिक र निजी कुनै पनि स्थानमा जातिय छुवाछुत गर्नेलाई चार बर्ष सम्म कैद,५० हजार रुपैयाँ सम्म जरीवना र पिडितलाई तीन लाख रुपैयाँ सम्म क्षतिपुर्तिको व्यवस्था छ ।


उप निर्वाचन मार्फत काँग्रेसको नेतृत्व धरानवासीले चाहेका छन् (भिडियो सहित)

       अहिले धरान उप निर्वाचनमय भएको छ । राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । आ–आफ्नो उम्मेद्

भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली