१३ वटा सुरुङमार्ग बनाउन 'सरकारले थाल्यो अध्ययन'

  • प्रकाशित मितिः आश्विन 28, 2076
  • 103 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले सरकारले सडक सञ्जाललाई छोटो र सुरक्षित बनाउन १३ वटा सुरुङमार्गको अध्ययन गर्न लागेको विषयलाई मुख्य समाचार बनाएको छ।

१३ सुरुङमार्गमध्ये ८ वटाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । नागढुंगा सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु हुने क्रममा छ । सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनका लागि ५९ करोड रुपैयाँ खर्च छुट्याइ सकिएको छ ।

यस्तै सभामुख पदका लागि सत्तारुढ दल नेकपा भित्रै तानातान चलेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । पार्टीले कारबाही नगर्दा निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद यथावत रहेको विषयलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएको छ ।

नागरिक दैनिकले हत्या आरोपमा पक्राउ परेका सांसद् महम्मद आफताब आलमको नाली बेली खोतलेको छ । उसले यसरी परे आफताब कानुनी फन्दामा शीर्षक दिएर मुख्य समाचार छापेको छ।

यस्तै नोबेल अर्थशास्त्रीको नेपाल कनेक्सन शीर्षकको खबरलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ भने क्यानको निलम्बन ससर्त फुकुवा गरिएको विषयलाई पनि महत्वका साथ प्रकाशित गरेको छ ।

नयाँ पत्रिकाले भने चिनियाँ राष्ट्रपतिको भ्रमण र चिनसँग भएका सम्झौताहरुको चिरफारलाई मुख्य समाचार बनाएको छ । उसले फेरि पनि पाठ सिक्दै नेपाल शीर्षकमा खबर छापेको छ ।

अन्नपूर्ण पोस्ट्ले नेपाल भारत उर्जासचिवस्तरिय बैठकको एजेन्डालाई मुख्य समाचार बनाएको छ । उसले प्रसारण लाइन टुंग्याउने प्रस्ताव शीर्षकमा खबर लेखेको छ ।

यस्तै चिनियाँ राष्ट्रपतिको भ्रमणले त्रिदेशीय सहकार्यको आधार तय भएको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ भने प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको विषयलाई पनि महत्वका साथ छापेको छ ।

यसरी परे आफताब कानुनको फन्दामा

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार केन्द्रीय सत्ता र स्थानीय वर्चस्वको भरमा अपराधको सञ्जाल सञ्चालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब आलमसम्म अन्ततः कानुनको हात पुगेको छ।

कानुनको हात लामो हुन्छ भन्ने भनाइ यति बेला चरितार्थ भएको छ। पटकपटक मन्त्री भएका, दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका छन्।

२०६४ चैत २७ को साँझ छिमेकमा अकल्पनीय आवाजमा बम विस्फोट हुँदा मुटु थर्केका ७६ वर्षीय धरिछन साहलाई उक्त दिनको घटना राम्ररी सम्झना छ। ‘विस्फोटलगत्तै कोलाहल मच्चियो र मान्छेको भागाभाग भयो’, उनी सम्झन्छन्, ‘आकाशमा कालो मुस्लो उठ्यो। मान्छेको चिच्याहटले वातावरण नै डरलाग्दो बनायो।’

पहिलो संविधानसभा चुनावको अघिल्लो साँझ भएकाले कुनै अनिष्टले मुट काम्यो र एक मिनेटमै धेरै मान्छे मरे भन्ने हल्लाले गाउँभरि मौन डर व्याप्त भयो।

विस्फोट भएको घर थियो पूर्वमन्त्री शेख इद्रिसको। उनले गाउँमा कहिल्यै चुनाव हुन दिएका थिएनन्। जहिले पनि बुथ क्याप्चर गरेर चुनाव जित्ने इद्रिसका भतिजा आफताबले पनि त्यसकै सिको गरेका थिए।

भोलिपल्ट चैत २८ मा हुने संविधानसभा निर्वाचनमा आफ्नो गाउँको बुथ र मुस्लिम बहुल अन्य गाउँका बुथ क्याप्चर गरी सबै भोट आफ्नो पक्षमा पार्न उनले बम बनाउन लगाएका थिए। सोही क्रममा विस्फोट भएको थियो। बम बनाउने कारिगरमध्ये कसैले चुरोट खाएर फालेको ठुटोबाट सल्केर विस्फोट हुन गएको थियो।

विस्फोटमा कति मारिए र कति घाइते भए, कसैले यकिनसाथ भन्न सक्ने अवस्था रहेन। बम बनाउने र बमको व्यवस्थापन गर्नेमा भारतीय मजदुर बढी भएकाले मृतक तथा घाइतेबारे यकिनसाथ भन्न गाह्रो भएको साहको दाबी छ।

बम विस्फोटमा घटनास्थलमै दुईजनाको मृत्यु भएको र अन्य थुप्रै मानिस घाइते भएकोमा घाइतेमध्ये ६ जनालाई जिउँदै जलाएको आरोप आफताबमाथि लागेको छ।

नेपाल-भारत ऊर्जासचिव बैठक : प्रसारण लाइन टुंग्याउने प्रस्ताव

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार जलविद्युत् विकास र बिजुली निर्यातका लागि मार्गप्रशस्त गर्ने पूर्वाधार मानिएको नेपाल(भारत दोस्रो सीमापार अन्तर्देशीय प्रसारण लाइन (४०० केभी) निर्माणको टुंगो लगाउने गरी नेपालले प्रस्ताव गरेको छ।

नेपालको प्रस्तावमा सोमबार भारतको बैङलोरमा ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल ९जेडब्लूजी०मा छलफल भएको छ। सहसचिव तहमा भएको छलफललाई मंगलबार सचिवस्तरीय संयुक्त सञ्चालन समिति ९जेएसटी०ले टुंग्याउने कार्यक्रम रहेको बैठकस्थलबाट ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए।

सचिवस्तरीय बैठकमा नेपालले उक्त प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण ढाँचा टुंगो लगाई दुवै पक्षको हितमा निर्माण हुने गरी प्रस्ताव गरेको हो।

यसअघि नेपालले आआफ्ना सरकारी पक्षबाट लगानी गरी निर्माण गर्ने प्रस्ताव गरेकोमा भारतले अस्वीकार गर्दै आएको थियो। विकल्पमा रूपमा दुवै पक्षलाई स्वीकार्य हुने किसिमले प्रशस्त गृहकार्य गरी नयाँ प्रस्ताव गरिएको नेपाली अधिकारीले बताए।

प्रस्तावमा उक्त प्रसारण लाइन अलग्गै व्यापारिक कम्पनी गठन गरी निर्माण गर्ने, कम्पनीमा नेपालको आधा र भारतको आधा सेयर रहने उल्लेख छ। कम्पनीमा नेपालका तर्फबाट विद्युत् प्राधिकरण र उताबाट पावर ग्रिड अफ इन्डिया रहने नेपालको प्रस्ताव छ।

यसअघि भारतले ढल्केवर–मुजफ्फपुर प्रसारण लाइन निर्माणका बेला गठन गरिएको मोडल प्रस्ताव गरेको थियो। त्यसलाई नेपालले अस्वीकार गरेको थियो।

यसैगरी नेपालले गोरखपुरमा छुट्टै सबस्टेसन नबनाई त्यहींको विद्यमान संरचनामै प्रसारण लाइन चार्ज ९जोड्ने० प्रस्ताव गरेको छ।

-एजेन्सी


भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै