नेपाल–चीनबीच २० बुँदे सम्झौता, तेस्रो बुँदाको दोहोरो अर्थ

  • प्रकाशित मितिः आश्विन 27, 2076
  • 294 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन दुई देशबीच २० बुँदे सम्झौता भएको छ । ती मध्येको तेस्रो बुँदामा ‘नेपाल र चीनबीच आपराधिक मामिलामा आपसी कानुनी सहयोग सम्बन्धी सन्धि भएको समेत जनाइएको छ । सुपुर्दगी सन्धिलाई नै यही नाम दिइने गरेको जानकारहरु बताउँछन् । यसबारेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले सो विषय सुपुर्दगी सन्धी नभएको र कानुनी सहयोगको विषय मात्रै भएको बताएका छन् ।
सो सम्बन्धी विषय चीनका तर्फबाट सन् २००९ मा नेपाललाई प्रस्ताव गरिएको थियो । त्यो सन्धिभित्र के–के राखिएको छ भन्ने कुरा भने खोलिएको छैन । गत जुन महिनामा हङकङको संसदमा पेस गरिएको विधेयकको नाम पनि यससँगै मिल्दो पाइएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा सहमति भएका विषय भनेर तेस्रो बुँदामा सो कुरा पारिएको छ । वरिष्ठ अधिवक्ता यदुनाथ खनालले घुमाउरो पाराले यो नै सुपुर्दगी सन्धि भएको जनाए । यो सन्धिका कारण विवाद उत्पन्न हुनसक्ने अवस्था भए पनि प्रधानमन्त्रीका सल्लाहकार अर्यालले भने मान्छे नै एकअर्का देशमा पठाउने खालको नभएर कानुनी सहयोग मात्रै गर्ने सन्धि भएको दाबी गरे । त्यसैगरी परराष्ट्र मामिलाका एकजना जानकारले पनि घुमाउरो पारामा सुपुर्दगी सन्धि गरेको बताए । उनले भने, ‘यो नाम जे दिइए पनि सुपुर्दगी सन्धि नै हो । यसबाहेक सहमतिको सातौं बुँदामा नेपाल र चीनबीच सीमापार रेलवेको फिजिविलिटी स्टडी गर्ने बारेमा समझदारी भएको जनाइको छ भने अठारौं बुँदामा अर्थ मन्त्रालय र चीनको इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीबीच सुरुङ्ग निर्माणमा सहयोग सम्बन्धी समझदारी भएको जनाइएको छ ।

दुई देशबीच सन्धि र समझदारी भएका बुँदाहरुको सूची यस्तो छः
१. सीमा व्यवस्थापन प्रणालीबारेमा समझदारी
२. सुशासन सहयोगमा क्षमता अभिबृद्धि सम्बन्धी सहयोगको आदानप्रदानमा समझदारी
३. आपराधिक मामिलामा आपसी कानुनी सहयोग सम्बन्धी सन्धी
४. सगरमाथा÷चोमोलोङ्गमा संरक्षण संरक्षण सहयोगमा समझादारी
५. लगानी सहयोग र सहयोग परियोजना प्रवद्र्धन सम्बन्धी क्षमता अभिबृद्धिका लागि योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच सहयोग
६. चेङ्गदुमा नेपालको वाणिज्य दूतावास खोल्ने सम्बन्धी पत्रको आदानप्रदान
७. भौतिक पूर्वाधार मन्त्रालय र यातायात चीनको यातायात मन्त्रालयबीच नेपाल र चीनबीच सीमापार रेलवेको फिजिबिलिटी स्टडीको बारेमा समझदारी
८. नेपालको काठमाडौं महानगरपालिका र चीनको नानजिङ सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना गर्ने सहमति
९. बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना गर्ने सहमति
१०. नेपाल सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधीमा सहकार्य समझदारी
११. नेपालको गृहमन्त्रालय र चीनको विपद व्यवस्थापन मन्त्रालयबीच प्रकोप जोखिम न्यूनीकरण र आपतकालीन उद्धारका विषयमा सहकार्य गर्ने समझदारी
१२. नेपालस्थित महान्यायाधीवक्ताको कार्यालय र जनताको सर्वोच्च अदातलबीच सहकार्य गर्ने समझदारी
१३. नेपालस्थित त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्यूट हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्यूट स्थापना गर्ने सहमति
१४. नेपालको कृषि मन्त्रालय र चीनको सामान्य प्रशासनअन्र्तगतको कर कार्यालयबीच साइट्र फलहरु निर्यात गर्ने
१५. नेपालको उद्योग, वाणिज्य र आपुर्ती मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारका विषयमा संयुक्त कार्यदल स्थापना गर्ने समझदारी
१६. चीनको सहयोगमा भूकम्प निगरानी नेटवर्क प्रोजेक्ट स्वीकार गर्ने
१७. नेपालको अर्थमन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठन गर्ने समझदारी
१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य नियोगबीच सुरुङ निमार्णमा सहकार्य गर्ने समझदारी
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका विषयमा पत्र आदानप्रदान
२०. काठमाडौं उपत्यकामा चीनको सहयोगमा पानी आपुर्ती सुधार प्रोजेक्टको फिजीबिलिटी अध्ययनका लागि बैठकको माइन्युट ।
श्रोतः१२ खरी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे