पीडित र आरक्ष बीच एक महिने सहमती हात्ति नियन्त्रणकालागि ‘डाट गन’

  • प्रकाशित मितिः आश्विन 27, 2076
  • 80 पटक पढिएको
  • औजार संवाददाता

इनरुवा । प्रदेश एकको गहनाको रुपमा रहेको सुनसरीको कोशी टप्पुवन्य जन्तु आरक्षको जंगली जनावरको आतंकका कारणले स्थानीयहरु भने आतंकित बनेका छन् ।
वर्षौदेखि गाउँमा जंगली जनावर नियमित पस्ने र आतंक मच्चाउने भएकाले आतंकित बनेको भन्दै स्थानीयहरु सडक आन्दोलनमा उत्रेका छन् । उदयपुरको दक्षिणी क्षेत्र,सुनसरी र सप्तरीको सीमाना क्षेत्रमा रहेको कोशी टप्पुको हात्ती र अर्नाले आतंकित बनेका सर्वसधारणहरु जंगली जनावरण नियन्त्रण र सुरक्षाको माग गर्दै सडक आन्दोलनमा उत्रेका छन् । कोशीटप्पु मध्यवर्ती क्षेत्रका नगरपालिका र गाउँपालिकाका जनतालाई मार्ने, घाईते बनाउने र किसानहरुले लगाएको विभिन्न बाली तथा भण्डारण गरेको अन्नमा क्षती गर्ने गरेको भन्दै पीडितहरुले बाध्य भएर सडक आन्दोलनमा आएको कोशीका कैजुम मियाँले बताए । यसैबीच आईतबार अर्ना र हातीले बढी मात्रामा आरक्ष आसपास तथा मध्यवर्ती क्षेत्रका सर्वसधारणलाई आतंकित बनाएकाले गाउँपालिका अध्यक्ष ऐयुव अंसारी र वडा अध्यक्षहरु सहितको संर्घषमा उत्रेका स्थानीयहरु, आरक्ष कार्यालय र जिल्ला प्रशासन कार्यालय सहितका सरोकारबालाहरुको बीचमा सातबुदे सहमती भएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको पहलमा भएको संयुक्त छलफलमा एक महिना भित्र आरक्षको समस्या समाधानका लागि कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलमा सदस्य सचिव आरक्षका प्रमुख रामदेव चौधरी, सदस्यहरु कोशीका ८ वटै वडाका वडा अध्यक्षहरु रहेका छन् । कार्यदलले एक महिना भित्र ल्याउने सुझाव नआएसम्म पीडितहरुले सर्घषका सबै कार्यक्रम फिर्ता लिएका छन् । कार्यदलले आरक्षमा रहेको हातीसार सार्ने नसार्ने,सुरक्षाका विकल्पहरु के के हुने ?, आरक्षको सौन्दर्य कसरी बढाउने लगायतका सुझाव दिने गरि स्थानीयहरु,आरक्ष कार्यालय र जिल्ला प्रशासन कार्यालय सहितका सरोकारबालाहरुको बीचमा सातबुदे सहमती भएको छ ।

यहाँ लगाएको विभिन्न बाली खाई,कुल्ची नष्ट गर्ने र घर समेत भत्काई दिने भएकाले सर्वसधारणहरु आतंकित बनेका कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीले गुनासो गरे  । वडा अध्यक्ष मंसुरीले कि हात्ती मानुपर्ने वा नियन्त्रण गर्नुपर्ने की वार्डेनले आरक्ष छोडेर रवाना दिनुपर्ने माग राखेका छन् ।आरक्षले केही वर्ष अगाडी पूर्वी तटबन्धको १४ किलो मिटर क्षेत्रमा सोलार फेन्सी लगाएको भएपनि अहिले त्यो प्रभाव हिन बनेको आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीको भनाई छ । पहिला हाती डराएर ननिस्केको तर अहिले आएर जंगली हात्तीले करेण्टको झट्का मात्रै लाग्ने बुझेर निर्वाद बाहिर निस्केको स्विकार गरे।चौधरीले आरक्षको जंगली जनावर गाउँ नपसोस् भनेर सप्तकोशी नदिको पूर्वी तटबन्धको हरिपुरदेखी प्रकाशपुरक्षेत्रसम्म १४ किलो मिटर क्षेत्रमा सोलार फेन्सी लगाएको भएपनि अहिले आएर विभिन्न ठाउँमा तार चुडिएको र प्रभावहिन भएकाले निर्वाद रुपमा अर्ना र हात्ती लगायतका जनावरहरु गाउँपस्ने गरेकाले हात्ती नियन्त्रण गर्न अर्थात हात्तीलाई लठ्याउन डाट गन( लठ्याउने बन्दुक) ल्याएको बताए । उनले सो गनले १० सेकेण्डदेखि ४५ सेकेण्ड भित्र लडाउने र त्यसपछि दुई हप्तासम्म बेहोस अवस्थामा रहने र आरक्ष बाहिर जान नसक्ने बताए ।चौधरीले डागन(डाट) गन कर्मचारी वा रक्षकलाई सिकाएर छिट्टै प्रयोगमा ल्याई हात्ती नियन्त्रण गर्ने प्रतिकृया दिए ।

आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले आफूहरुले जंगली जनावरलाई सक्दो नियन्त्रणको प्रयास गरेको,ठाउँठाउँमा नेपाली सेनाको सुरक्षा पोष्ट राखेको,सोलार फेन्सी लगाएको तर पनि केही समस्या देखिएको बताए । उनले गाउँमा जंगली जनावर पसेर क्षती गरेको विषयमा गुनासो आएको र उजुरी समेत आउने गरेकाले सरकारले तोकेको क्षतीपुर्ती तथा राहत वितरण गर्ने काम प्रभावकारी रुपमा भईरहेको समेत प्रतिकृया दिए ।उनले केही स्थानीयको कमजोरीका कारणले समेत जंगली जनावरको आतंक बढेको दावी गरे  । आरक्षमा छाडा गाईबस्तु छाडेको, आरक्षमा घाँसदाउरा गरेको र जनावरको चरिचरण अभावका कारणले अर्ना र बदेल लगायतका जंगलि जनावर गाँउ पस्ने गरेको प्रतिकृया दिए । गाउँको रक्सी बनाउने क्षेत्रमा वा घरतर्फ हाती आक्रर्षित हुनेभएकाले त्यसमा सचेतना आवश्यक रहेको उनको भनाई छ । किसानहरुले विभिन्न बालीमा गरेको लगानीबाट राम्रो प्रतिफल आउने सोचेपनि जंगली जनावरको आतंकको कारणले किसानहरु चिन्तित बनेको कोशी टप्पु बन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रप्रसाद यादवले जानकारी दिए ।

यादवका अनुसार जंगली जनावरको आतंकको कारणले वार्षिक तीस हजार सर्वसधारण पीडित हुने गरेका छन् ।उता सोलार फेन्सी प्रभावहिन बनेको बराहक्षेत्र ११ मधुवनका विएल चौधरीले बताए । जंगली जनावर गाउँ नपसोस् भनेर लगाएको सोलार फेन्सी सबै तिर नपुगेको र अर्को तर्फ पुगेको ठाउँमा समेत जंगली हातीले भत्काई दिएको र तार चुडाई दिएकाले जनावरहरु किसानको घरसम्म र खेतबालीसम्म आईपुगेको कोशी गाउँपालिका ४ का विद्यानन्द यादवले जानकारी दिए ।अहिले यहाँका स्थानीय किसानहरुले लगाएको मौसमी तथा बेमौसमी तरकारीबाली, धान र उखु तथा जुटमा जंगली जनावरले क्षती गरेको यादवले बताए । एकाध दिन बाहेक प्रायः कहिले उतरी क्षेत्र, कहिले मध्य क्षेत्र, कहिले दक्षीण क्षेत्र र कहिले पश्चिम क्षेत्रको गाउँ पस्ने गरेको हात्तीको कारणले केही सर्वसधारण रातभर राम्ररी सुत्न समेत नपाएको बराहक्षेत्र नगरपालिका ९ का रामविलाश चन्द्रवन्शीले गुनासो गरे ।उनले भने,‘कतिबेला जनावर आउने हो कुनै टुगों हुदैन,त्यसैले बाली लगाएका किसानहरु रातभर जाग्राम बस्न बाध्य छन् ।’ उनले कोशीको पश्चिम तथा कोशी नदिको बीचमा रहेको श्रीलंका टाप्पु भनेर चिनिने क्षेत्रमा सबै भन्दा बढी बदेल, अर्ना र हात्तीको आतंक रहेको जानकारी दिए ।


उप निर्वाचन मार्फत काँग्रेसको नेतृत्व धरानवासीले चाहेका छन् (भिडियो सहित)

       अहिले धरान उप निर्वाचनमय भएको छ । राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । आ–आफ्नो उम्मेद्

भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली