'नेपाली चेली अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा'

  • प्रकाशित मितिः आश्विन 22, 2076
  • 310 पटक पढिएको
  • औजार संवाददाता

नेपाली मुलका अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएकी छन् । अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिपको छनोटको पहिलो चरणको लागि टोलीमा समेटिएकी हुन् । इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्यान्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछन्।

अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको छ । पहिलो चरणको छनोट खेल सुरु भइसकेको छ ।साइप्रसविरुद्ध ८–० को फराकिलो जित निकालेको खेलमा अस्मिता बेञ्चमै रहिन् । बेलायती पूर्व सेनाकी छोरी अस्मिता लामो समयदेखि नै इंग्ल्यान्डमा रहँदै आएकी छन् ।

nepali

पहिलो चरणको छनोटमा युरोपका ४८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । इंग्ल्यान्ड समूह ‘के’ मा रहेको छ । छनोटका खेलहरु २ देखि ८ अक्टोवरसम्म बेलारुमा आयोजना भइरहेको छ ।

हरेक समूहका शीर्ष दुई टोली र उत्कृष्ट हुने तेस्रोका चार टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो राउन्ड नोभेम्वरमा हुनेछ । यसबाट छनोट हुने टोलीले जर्जियामा जुलाई २०२० मा हुने युइएर्फ वुमन्स यु–२० मा सहभागिताको अवसर पाउनेछ ।

-एजेन्सी


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्