राष्ट्रपतिले प्रधानमन्त्रीलाई टीका लगाएर राजामहाराजा शैली देखाइन् : 'बाबुराम भट्टराई'

  • प्रकाशित मितिः आश्विन 22, 2076
  • 373 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्रीलगायत उच्च ओहोदाका व्यक्तिलाई टिका लगाएको प्रति सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपतिको शैली राजामहाराजाको शैली भएको भन्दै विरोध जनाएका छन् ।

सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। बाबुराम भट्टराईले राष्ट्रपतिले टीका लगाउनु कुप्रथाको निरन्तरता भन्दै कडा टिप्पणी गरेका छन् । उनले आफ्नै नाता वा उमेरका बीचमा टीकाटालो गर्ने शास्त्रीय परम्परालाई राष्ट्रपति र प्रधानमन्त्रीबाट राजामहाराजाले झैं प्रथा भित्र्याएको भन्दै आलोचना गरेका छन् ।

समाजवादी पार्टीका संयोजकसमेत रहेका भट्टराईले गणतान्त्रिक व्यवस्थामा राजामहाराजाको परम्परालाई कायम राख्न नहुने बताए छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘शास्त्रीय विधिरपरम्परा अनुसार नातारउमेरको आधारमा टीकोटालो गर्ने हो ओहोदारजातको आधारमा हैन १ हिजो राजामहाराजाले घुसाएको विकृति लोकतन्त्ररगणतन्त्रमा कायम राख्न मिल्दैन १ रापरप्रमले यो कुप्रथा छोडून्छो/डाऔं !’

babur

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए