सेल्फी खिच्ने क्रममा तालमा डुबेर चार जनाकाे ज्यान गयाे

  • प्रकाशित मितिः आश्विन 22, 2076
  • 312 पटक पढिएको
  • औजार संवाददाता

दक्षिण भारतको तमिलनाडुमा सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको ज्यान गएको छ ।

६ जनाको समूहले एक आपसमा हात समातेर कम्मरसम्म पानी भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेका थिए । सँगै उनलाई समातेका अरु ५ जना पनि तालमा डुबेका थिए ।बहिनीलाई बचाउन सकेपनि दुलहीसहित ४ जनाको भने ज्यान गएको बीबीसीले जनाएको छ ।

सेल्फीले सन् २०१७ मा विश्वभर २ सय ५९ जनाको ज्यान गएकोमा भारतमा मात्रै १ सय ५० भन्दा धेरैले ज्यान गुमाएको तथ्यांक छ । सेल्फी लिने क्रममा सन् २०१७ मा चार विद्यार्थीको ज्यान गएपछि कर्नाटक राज्य सरकारले भने सेल्फी विरुद्ध सचेतना अभियान नै चलाएको छ ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए