महरालाई लामखुट्टेको धुपकाे व्यवस्था, हिरासतमा लागुऔषध काराेबारीसँगै

  • प्रकाशित मितिः आश्विन 21, 2076
  • 342 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । मुलुकभर दशैंको रौनक छाएका बेला निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा पुगे । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

सिंहदरबार वृत्तमा दुई वटा हिरासत कक्ष छन् । एउटा कक्षमा पुरुष र अर्कोमा महिलाहरुलाई राखिन्छ । महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । सो कक्षमा लागूऔषध कारोवारी र ठगीका अभियुक्तहरुसँगै उनलाई राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरुका अनुसार महरा उदास र मौन देखिएका छ । सोमबार दिउँसो हिरासत कक्षको सीसी टीभीमा हेर्दा उनी सुतिरहेका थिए ।

अधिकृतहरुका अनुसार उनले केही बेर पुस्तक पनि पढे । उनलाई प्रहरी अधिकृतका लागि बनाइएको खाना दिइएको छ । वीर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा ‘ब्लड प्रेसर हाइ’ देखिएपछि उनलाई नुन र अमिलो कम हालेको खान पहिल्यै झिकिन्छ ।

स्वास्थ्यमा समस्या नआओस् भनेर एक जना चिकित्सक पनि तैनाथ राखिएको छ । श्वासप्रश्वासमा असहज हुन सक्ने भएकाले अक्सिजन पनि तयारी अवस्थामा राखिएको छ ।

लामखुट्टेको समस्या नहोस् भनेर धुपको पनि व्यवस्था गरिएको प्रहरी स्रोत बताउँछ । स्वास्थ्यका कारण उनलाई छुट्टै कोठामा एक्लै राख्ने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।


कोको आए भेट्न ?

दशैंका कारण देशभरका प्रहरी कार्यालय सुनसान भएका बेला महानगरीय प्रहरी वृत्त सिंहदरबारमा भने बाक्लो चहलपहल छ । नहोस् पनि किन रु बलात्कार प्रयासको आरोप लागेपछि मुलुकको चौथो वरियताको सभामुख पदबाट राजीनामा दिएका महरा यहाँ कैद छन् ।

जिल्ला अदालत, काठमाडौंले आइतबार दिउँसो पक्राउ गर्न अनुमति दिएपछि साँझ बालुवाटारस्थित सरकारी निवासबाटै काठमाडौं प्रहरी परिसर र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले महरालाई परिवारलाई मात्र भेट्न खुला गरेको छ । उनलाई भेट्न खोज्दै शुभचिन्तक बाक्लै आइरहेका छन् । अधिकांश उदास भएर फर्कन्छन् ।

‘उहाँ आफैंले पनि कोहीसँग पनि बोल्न त्यति रुचि देखाउनु भएको छैन’, एक प्रहरी अधिकृत भन्छन्, ‘परिवारका सदस्य चाहिँ वेलावेला खाना लिएर उनलाई भेट्न जान्छन् ।’


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्