कलाकारलाई चाडको चटारो : 'दशैं स्टेज कार्यक्रममै'

  • प्रकाशित मितिः आश्विन 19, 2076
  • 163 पटक पढिएको
  • औजार संवाददाता

दशैंको माहोल शुरु भएसँगै कलाकारहरुलाई देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमको लागि भ्याइ नभ्याइ हुन्छ। प्राय गायकगायिका स्टेज कार्यक्रमको लागि विदेश पुगिसकेका छन् भने कतिपय स्वदेशकै कायक्रममा व्यस्त।

तीज, दशैं, तिहार लगायतका चाडमा देश तथा विदेशमा धेरै स्टेज कार्यक्रम आयोजना हुन्छ। यही कार्यक्रम कलाकारका लागि राम्रै कमाइ गर्ने माध्यमसमेत बनेको छ।

विदेशका कार्यक्रमको लागि गायक प्रमोद खरेल, शिव परियार, सुगम पोखरेल, मेलिना राई, आस्था राउत, दीपक बज्रचार्य लगायतको माग बढी हुने गरेको छ। त्यसैले पनि कलाकारहरु परिवारसँग दशैं मनाउनु भन्दा पनि स्टेज कार्यक्रमतिरै आकर्षित हुने गरेका छन्।

‘द भ्वाइस अफ नेपाल’ की कोच गायिका आस्था राउत विदेशको कार्यक्रमको लागि १ साताअघि नै अस्ट्रेलियाको मेलबर्न पुगिसकेकी छिन्।

त्यस्तै ‘द भ्वाइस अफ नेपाल’ का अर्का कोच प्रमोद खरेल पनि सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया पुगेका छन्। प्रमोदले दशैं अवधिभर अस्ट्रेलियाको ब्रिसबेन लगायतका विभिन्न स्थानमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। उनीसँगै राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वली, कमल खत्री र सञ्जिव पराजुली पनि अस्ट्रेलिया पुगेका छन्।

‘गलबन्दी’ गीतबाट चर्चामा आएका गायक प्रकाश सपुत भने स्वदेशकै कार्यक्रममा व्यस्त छन्। उनी चितवन, बुटवल, तन्हुँ, स्याङगा गरि ६ वटा कन्सर्ट सकेर टीका लगाउन आफनै गाँउ पुग्ने योजनामा छन्। ‘यो पाली म स्वदेशकै कार्यक्रममा व्यस्त भए। लगभग ६ वटा कन्सर्ट भ्याएर म २१ गते टीकाको दिन बाग्लुङ पुग्ने योजनामा छु,’ उनले भने।

त्यस्तै गायक सुगम पोखरेललाई पनि दशैंको बेला सांगीतिक कार्यक्रमको लागि भ्याइ नभ्याए हुन्छ। गीतको लोकप्रियतासँगै दर्शकको माग अनुसार सुगमले हरेक वर्ष दशैंको कार्यक्रममा ‘वर्षमा दिनमा लैलै’ गीत गाउन छुटाउँदैनन्। यहि गीतका कारण विदेशको स्टेज कार्यक्रममा सुगमको माग बढी हुन्छ। सुगम पनि स्टेज कार्यक्रमको लागि न्युजियल्याण्ड पुगिसकेका छन्। सुगम १ वर्षको दशैं परिवारसँग मनाँउछन् भने अर्को वर्षको दशैं विदेशको कार्यक्रमको लागि छुट्याँउछन्। यो पाली भने कार्यक्रम सकेर टीका लगाउन पूर्णेसम्म घर पुग्ने सुगम बताँउछन्।

गायक रामकृष्ण ढकाल पनि यो पाली दशैंको टीका परिवारसँग लगाउन पाँउदैनन्। उनी १ महिनाको स्टेज कार्यक्रममा सहभागी हुन अमेरिका पुगिसकेका छन्।

त्यस्तै गायिका ज्योति मगर भने स्वदेशकै सांगीतिक कार्यक्रममा रमाइरहेकी छिन्। भन्छिन् ‘दशैंभरि वीरगञ्ज, रौतहट लगायतको विभिन्न स्थानमा कन्सर्ट गरेता पनि दशैं मनाउन भने काठमाडौ नै जान्छु।

-एजेन्सी

 


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्