तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

  • प्रकाशित मितिः आश्विन 18, 2076
  • 386 पटक पढिएको
  • औजार संवाददाता

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ?

मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवार बनायो । तर निर्वाचनमा पराजय भोगि सकेपछि पाटीलाई धन्यवाद दिदैं विश्राम लिएको हुँ । मैले पाटीलाई निजी काम र व्यवहारले चौपट भएको र त्यसको उचित व्यवस्थापनको लागि विदा दिनु प¥यो भनेर नै म निजी काममा लागेको हुँ  । निजी समस्याको व्यवस्थापन गरि सकेपछि पुनः सक्रिय राजनीति गर्ने भनेर पाटीको भोटरर्स र सपोटर मात्रै भनेर अनुमति लिएर विदा लिएको हो। तथापी म राजनीतिक रुपमा सक्रिय नभएपनि सामाजिक रुपमा भने धरानवासीको सरोकारको सामाजिक कार्यको विषयमा म कहीँ न कहीँ जोडि नै रहेको छु ,चलायमान नै छु ।यस अर्थमा धरानका घण्टाघर निर्माण,भुकम्प स्माकरक,धरानको रंगशाला निर्माण लगायतको धरानको विकासमा आवस्यक र सरोकार राख्ने विषयमाहरुमा प्रतक्ष्य रुपमा जोडिएर निरन्तर सक्रिय नै छु  ।ताप्लेजुङवासी जो त्यहाँ जन्मिएर धरानवासी भएका छन्। ताप्लेजुङवासीको सुनसरीमा सामुदायिक भवन निर्माण,लागु औषध प्रयोगकर्तालाई सुधार गरी समाजमा पुनःस्थापित गर्ने उद्धेश्यले धरान ६ पानबारीमा आसारा सुधार केन्द्र सन्चालनमा रहेको छ । भवन निर्माण नेपाल प्रहरी र धरानवासीको सहयोगमा निर्माण गर्न सफल भयौं । यस हिसावले सामाजिक विकासका हरेक पाटाहरुमा म निरन्तर सक्रिय नै रहँदै आएको छु  । म धराने जनतासँग जिवित सम्पर्क र सम्वन्धबाट भने विमुख कहिल्यै पनि रहेको छैन्  ।

पहिलो संविधान सभाको निर्वाचनबाट पराजित भोग्नु परेपछि राजनीतिमा निराशा पनि छाएको थियो होला ?

म पराजित हुनुमा पाटीले अन्तरघात ग¥यो भनेर अहिले सम्म भनेको छैन् । स्वाभिवक हिसावले कही चलखेल भएका थिए होलान । त्यो मनासयलले अभिव्यतिm दिइन्  ।निर्वाचन पछि सवैलाई धन्यवाद दिने काम गरेको थिए । निवाचर््ानको वेला सवैको ‘स्वलिट उम्मेद्धवार’थिए । तर वजारमा जति सजिलो थियो भने जस्तो मैले देखिरहेको थिइन् । स्वास्थ्यको हिसावले पनि अस्वस्थ्य भएर सक्रिय रहे । पाटीलाई ध्यानकर्षण गराएको थिए । मैदानमा कठिन छ भनेर। त्यसैले चुनावी प्रचारात्मक अभियानलाई वढी जनताको घर घरमा लैजानु आवस्यक छ भने सजग पनि गराएको थिए ।त्यो हार भनेको मेरा मात्रै होइन सिंगो पाटीको हार भएको हो । तर त्यो वेलाको हुरीवतास आएर हामीले पनि परास्त हुनु प¥यो भन्ने मलाई लाग्छ ।

भनेपछि एक हिसावले त राजनीतिमा निरासा पनि छाएको रहेछ ?

मैले पराजयलाई सहर्ष रुपमा स्वीकार गरें । हाम्रो कमजोरीहरु थिए । केन्द्रिय तहका नेताहरुमा धरानलाई हेर्ने दृष्टिकोण स्पष्ट देखिन ।जस्का कारणले सधै अहिले सम्म पनि धरान पछि नै परिरहेको छ । चाहे त्यो पन्चायत कालमा किन नहोस्।त्यो वेला पनि धरानलाई जहिले पछि पा¥यो।प्रजातन्त्रपछि पनि खासै केही हुन सकेन । धरान उपेक्षामा नै पर्दै आयो । गिरिजा प्रसाद कोइरालाले त धरानलाई स्याल कुद्ने पाखा नै वनाउँछु भने। मन माहन अधिकारीले जितेपछि केही विकासहरुको गति अघि वढ्यो। मुख्यतया धरानमा एयर पोट वन्नु पर्छ भन्ने अवधारण म द्धारा सृजित हो । धरानको एयर पोट वन्नु पर्छ भनेर संभावित अध्ययन गर्ने,एयर पोटको जग्गा प्राप्ती गर्ने सारा नेतृत्व मेरो नेतृत्वमा गरेको थिए । यति कर्पोरेट प्रालीसँग छलफल गरी जग्गा खरिदको प्रक्रिया एयरपोट वनाउने भनेर योजना वन्यो । त्यतिखेर एयरपोट ३० वर्ष सम्म वनाएर सन्चालन गर्ने र सरकारलाई हस्तान्तरण गर्ने अवधारणामा थियो । जुन योजनाको लागि ँ सरकारको पोलिसी मात्रै आवस्यक हुने थियो ।

आर्थिक भार सरकारलाई थिएन । निजी क्षेत्र थियो । गिरीजा वावु प्रधानमन्त्री हुँदा उनले त्यो गरेनन् । जव माधव कुमार नेपाल पाटीकै वरिष्ठ नेता भिजिटमा आउनु हुँदा मैले धरानको एयरपोटको विषयमा प्रस्तावनाको विषयलाई ध्यानाकर्षण गराए। प्रपोजल चाहिँ नेपाल सरकारमा पेश भइसकेको थियो । राम शरण महत अर्थ मन्त्री हुँदा छोटो दुरीको एयरपोर्ट,जुन साना एयर प्लेन मात्रै सन्चालन गर्ने भन्ने सरकारको योजना थियो । मुलकुको विभिन्न स्थानको नाम थियो । त्यसमा धरानको पनि योजना भित्र परेको थियो । तर पछि जालझेल ढंगले योजना अस्वीकृत गरियो । यसरी आफ्नै नेता सरकारको प्रमुख भएर आउँदा पनि एयरपोट निर्माणको लागि सवै वेली विस्तार गरियो । त्यो वेला मेरो नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्ने काम गरियो । उहाँ पनि उग्र भएर यो संभव रहेनछ भन्नु भयो ।नेताहरुले विवेक प्रयोग गरेर गरिदिएको भए धरानमा एयरपोट वन्ने थियो तर नेतृत्व वर्गले योजना अस्वीकार ग¥यो । जसका कारणले हामी डेलिगेशसन गएको टोलीबाट म बाहिर निस्किए । राष्ट्रिय योजना आयोग भेट्ने कुरा थियो । फाइल निकालेर म हिँडे । नेताको पछि लागेर काम छैन । मेरो जीन्दगीमा सवेै भन्दा ठुलो निरासा छायो । जीवनमा नै नराम्रो धक्का खाएको महसुस भयो । पाटी प्रतिको लगावमा नेताको पछि लागेर केही फाइदा छैन भनेर खासमा निरासा चाहिँ भएकै हो ।

अहिले पुनः राजनीतिमा सक्रिय वन्नु हुदैछ त ?

सक्रिय त नभनौ । पाटी समायोजन सँग–सगै पाटीका इन्चार्ज भीम कमरेड जिल्लाकै मात्र नभएर प्रदेश नम्बर १ कै बडे नेता पनि हुनु हुन्छ । उहाले फोनबाट भन्नु भयो,के छ मनोज जी पाटीमा काम गर्नु पर्छ भन्नु भयो । मलाई जिम्मेवारी दिनु हुन्छ भने ठिकै छ त भने।प्रदेश कमिटीमा वसेर काम गर्नुस न त भनेर सोध्नु भयो मैले हुन्छ भन्दिएँ। प्रदेश कमिटीमा मनोनयन पनि भएँ ।तर नेकपाको पहिलो वैठक जुन सपथ ग्रहणसँगको रहेको थियो । तर म आँखामा समस्या भएकाले काठमाण्डौमा उपचार गर्नको लागि गएको थिएँ । त्यसैले सहभागि हुन सकिन । अव अहिले त त्यसपछि वैठक पनि वसेको छैन् ।अहिले म पाटीको विभिन्न कार्यक्रमहरुमा सहभागि हुने गरेको छु । कार्यक्रममा मेरो आवस्यकता ठानेर वोलाउनु हुन्छ, म जाने गरेको छु  । कार्यक्रमा सहभागि भएर आफ्ना कुराहरु राख्न थालेको छु । किन भने मेरो चिन्ता भनेको धरानवासी र धरानको विकास अव कसरी गर्ने भनेर आम जनतासँग जोडिनु छ । धरानले भने जस्तो फड्को मार्न सकेन । अव विस्तारै धरानको विकासको काम लाग्ने हो ।अव गति लिएर चलायमान हुने काम भइरहेको छ ।

अव तपाईको राजनीतिक जीवनको योजना के छ ?

यो राजनीतिक भन्ने कुरा भालुको कन्पट जस्तै हो । छाड्न पनि सकिने नसकिने रहेछ । ८ वर्षको ‘भ्याकमु परियड’ले यो कुरा नै सिकायो । त्यसै वस्न नसकिने रहेछ । जीवनको कालखण्डमा सारा कुरा केही नदेखिकन क्रान्तिका नाममा जोतिन नसकेपनि एउटा सचेत राजनीतिक कार्यकर्ताको रुपमा समाजमा उभिनु पर्छ भन्ने मान्यता हो  । नेपालमा गणतान्त्रिक संघीय संरचना भइसके पछि यो व्यवस्थालाई पुर्ण वनाउन म जस्तो कार्यकर्ताको खाँचो छ । यो परिस्थितीमा म जस्तो कार्यकर्ताको भुमिका महत्वपुण छ । सानै भएपनि मुलुकको र समाजका लागि संघीय गणतन्त्रका लागि योगदान दिन सकिन्छ भनेर म चाहि राजनीतिमा पुन सक्रिय भएको हुँ ।

राजनीतिमा अव पुर्ण रुपमा सक्रिय हुनु हुन्छ नी ?

अवस्य पनि जिम्मेवारी लिएपछि त्यो जिम्मेवारीलाई वहन गर्नै प¥यो । मैले पाएको जिम्मेवारी बहन गरी अघि बढ्ने छु ।

जनप्रतिनिधीहरुले गरेको कामलाई कसरी मुल्याङ्कन गर्नु भएको छ ?

–मेरो पनि अपेक्षा जे थियो,जनप्रतिनिधी मार्फत सो हुन सकिरहेको छैन् । जनप्रतिनिधी आएपछि धराने जनताको अपेक्षा अनुसारको विकास निर्माणको काम हुनु पर्ने हो । अपेक्षाकृत रुपमा गर्न सकेको देखिदैन । जुन कारणले गर्दा जनताहरु पनि अपेक्षाकृत विकास निर्माणको कामहरु देख्न नपाएर निकै निरास छन् । त्यसको मुल कारण मलाई के लाग्छ भने साथीहरु कतेै अल्मलिरहेको भान हुन्छ । जनप्रतिनिधीहरु जो नेतृत्व वर्गमा छन्,उनीहरु अल्मलिनु पर्छ भन्ने जरुरी छैन् । किन की मेरो नेतृत्वकालमा नै मैले धरानको विकास यसरी गर्नु पर्छ भनेर २० वर्षे कार्य योजना नै वनाएको थिएँ । २० वर्ष अघि नै २०५४ सालमा जव म निर्वाचित भएपछि २० वर्षे कार्ययोजना धरानलाई शिक्षा,स्वास्थ्य र पर्यटनले सुन्दर शहर वनाउने भनेर योजना तयार गरेका थियौं । सोही अनुरुप धरानमा महोत्सव,उत्सव,सत वािर्षक महोत्स,धरान महोत्सव गरेर धरानको भिजनलाई सेयर गर्ने,सवै सरोकार राख्ने र समाजका हरेक तह तप्काका मानिसहरुलाई सहभागि गराएर लक्ष्य प्राप्ती गर्न अघि वढ्नु पर्छ भनेर जानकारी गराई धरान त्यो वेलादेखि नै अघि वढ्न लागि परेकै हो  । शिक्षा, स्वास्थ्य र पर्यटनको सुन्दर नगरी वनाउने भिजनको विषयमा अहिले पनि अपरिचत हुनु हुन्छ भन्ने लाग्दैन्। उहाँहरु अहिले पनि जानकारी नै छन् । तर यो लक्षय प्राप्तीका लागि अल्मलिएको देखिन्छ।जुन २० वर्षे भिजन थियो,त्यो जिभनलाई कति मिट गर्न सफल भयौ त यो समिक्षाको विषय वन्न सक्छ  ।
त्यो भिजनलाई कार्यान्वयनको दिशा लैजान कुनै कठिनाई म देख्दिन । नेतृत्व वर्गले नेतृत्वदायी भुमिका खेल्न सक्नु पर्छ ।

धरानको दीर्धकालिन विकासको लागि वर्तमान जन प्रतिनिधीको भुमिका कमजोर देखियो भन्ने भयो,अव के गर्नु पर्छ त ?

मैले अघि नै भनिसके । शिक्षा,स्वास्थ्य र पर्यटनको क्षेत्रमा २० वर्ष अघि हामी कहाँ थियौ र अहिले के छ भनेर समिक्षा गरेर फेरी ल गरे अरु ३० वर्षको भिजन र कार्य योजना वनाएर अघि वढ्दा हुन्छ । तर त्यसका लागि अल्पकालिन,मध्यकालिन,दिर्घकालिनका योजना वनाएर जनप्रतिनिधीले लक्ष्य अनुरुप काम गर्नु पर्छ । धरानमा शिक्षा क्षेत्रमा भौतिक पुर्वाधारहरु पर्याप्त छन्,अब शिक्षा क्षेत्रको लागि पुर्वाधार तयारी गरिरहनु जरुरी भने छैन  ।अव भने गुणस्तरीय शिक्षामा स्थानीय सरकारले जोड दिनु पर्छ । त्यसका लागि कमजोरी चाहिँ कहाँ छ भनेर केलाउनु पर्छ । सरोकार राख्नेहरुसँग , त्यो सँग विज्ञ लगायतसँग सल्लाह गरेर गुणस्तरीय शिक्षा कसरी विद्यार्थीलाई प्रदान गर्न सकिन्छ भनेर योजना वनाएर अघि वढ्नु पर्छ । कामको योजना वनाएर जानु पर्छ । तर त्यो कुरामा अहिलेका जनप्रतिनिधीहरुको टार्गेट मिट छैन् । हामी पर्यटनको कुरा गर्छाै,२० वर्ष अघि पर्यटको कुरा गर्दा धरानका मानिसहरु हाँस्थे । त्यो वेला अहिलेको जस्तो भडेटार थिएन  । त्यसलाई टुरिजम हव वनाउन सकिन्छ भन्ने धरानकै योजना हो । विष्णुपादुका मन्दिरमा सम्म जाने र धार्मिक पर्यटनको लागि अघि वढाउने धरानकै योजनाले वनेको हो ।

हामीसँग योजना,पालिसी र कार्यक्रमको कमी छ ।धरानमा स्वास्थ्य क्षेत्रको त्यत्रो ठुलो बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैमा स्वास्थ्य क्षेत्रको हव हो । यहाँ चिकित्सक , नर्स वन्नको लागि देश विदेशबाट आउने गर्छन्  । प्रतिष्ठान रिसर्च सेन्टर पनि हो । तर खै त्यसबाट धरानवासीले लाभ लिन सकेको ? महत्वपुर्ण प्रतिष्ठान हँदा हुँदै पनि यसको भर मग्दुर प्रयोग गर्न सकिरहेको छैन । यसलाई धरानका हरेक वडाका नियमित स्वाथ्यय परिक्षण निशुल्क स्वास्थ्य शिविर हरेक महिना हरेक वडामा लसेवा दिन सक्दथ्यौ. ।हरेक जनतालाई स्वास्थ्यमा पहँच पु¥याउनको लागि स्थानीय सरकारले खाली प्रतिष्ठानसँग समन्वय गरे काफि हुन्छ ।

अन्य कुनै कसरत गरिरहनु पर्ने जरुरी म देख्दिन् ।प्रतिष्ठानमा हरेक वर्ष राज्यले दिने सुविधा अन्र्तगत करोडौंको निशुल्क उपचार पाइरहेका छन् । तर लक्ष्य अनुरुपको छैन । मतलव जो लक्षित वर्ग हो , उनीहरुले पाएका छैनन् ।धरानका हरेक वडामा राज्यले दिने निशुल्क स्वास्थ्य उपचार,स्वास्थ्य विमा लगायतको बारेमा जनतालाई सुसुचित गर्नु पर्छ । लक्षित वर्गले अझै सम्म राज्यले दिने सुविधाको बारेमा जानकारी पाउन सकिरहेका छैनन् ।त्यसको लागि भरपुर रुपमा प्रचार गरेर जनताहरुलाई जुन कार्यक्रम हो,त्यसको विषयमा जानकारी गराउनु पर्छ । योजना वद्ध रुपमा जाँदा स्वास्थ्य सेवाबाट वन्चित वन्नु पर्दैन ।हरेक वडामा प्रतिष्ठानसँगको सहकार्यमा निशुल्ल स्वास्थ्य शिविर गरेर जनताको स्वास्थ्य प्रति सजग नेतृत्व वर्ग वन्नु पर्छ ।

धरानको विकासमा दीर्घकालिन आयोजनाहरु समयमा सम्पन्न हुन नसक्नु कारण चाहिँ के जस्तो लाग्छ ?

मुलूक संघीय गणतान्त्रिक संरचनामा गएपछि नयाँ अभ्यास शुरु भएको छ । मुलूकमा ३ वटा सरकार छ । गाउँ–गाउँमा सिह दरवार आएको छ । तर जनप्रतिनिधीले आलोचना खेप्नु परेको छ, त्यसमा सत्यता पाउनु हुन्छ । जन प्रतिनिधी भनेको सासक होइन । उनीहरु भनेको जनताको सेवक हो । उनीहरुले आफ्नो प्रतिवद्धता पुरा गर्न दिलो ज्यानले इमान्दापिरता पुर्वक जनताको सेवामा लाग्नु पर्छ । सरोकार राख्नेहरुसँग एकिकृत ढंगले अघि वढेर जनता सामु गइयो भने मात्रै औचित्यता प्राप्त गर्न सकिन्छ,जनताले लभा लिन सक्छन् । अहिले के देखिन्छ भने मै सरकार हुँ भन्ने छ । जनताको अभिभावक वन्नु पर्छ । त्यो कुराकोे प्रर्याप्त अभाव छ ।तर जनप्रतिनिधीहरुले डम्फु वजाएका छन् ।

जनप्रतिनिधीले कार्य अवधि भित्रमा देखाउने काम गर्न सकेका छैनन् । तत्काल गर्न पर्ने पने काम के हो त ?

त्यस तर्फ स्पष्ट खाका नै छैन । जस्तो अहिले ६ लेनको वाटो कहाँबाट लैजाने भनेर राष्ट्रिय आयोजनाको काम नै अन्यौलमा छ । पहिलो प्राथमकिता त्यसलाई दिनु पर्छ । दिएर २०५ फिट हो की, १०० फिटको सडक के गर्ने भनेर जनतासँग राय सल्ला लिएर अघि वढ्नु पर्छ । किन की हिजो कर्मचारी थिए तर अहिले त जनप्रतिनिधी छन् नी । मलाई लाग्छ सडक विस्तारका लागि धरानमा १०० फिट धरानवासीको हित र वैज्ञानिक हुनेछ ।

किन की राज्य र नेतृत्व वर्गलाई समेत त्यसरी योजनालाई कार्यान्वयनको लागि काम गर्ने हो भने सहज हुने छ । २०५ फिटको हावादारी कुराले धरानको अस्तित्व नै हुदैन । २०५ फुटकै सडक वनाउने हो भने त्यसको क्षतिपुर्ति सरकारले दिनु पर्छ । त्यसको निर्णय त नगरपालिकाले गर्नु पर्छ । १०० फिटको बाटो भए काफि हु्न्छ । क्षति पुर्ति दिनु पर्दैन थियो । त्यो रकमले सेउती करिडोर,सुर्दु करिडोर वनाएर पहाडी क्षेत्र जाने सवारी साधानलाई आवात जावतको वाटो खुल्ला गर्ने हो भने धरानको दुख समाप्त हुनेछ । राम्रोे पहल भए ती संभावनाहरु प्रचुर छ । धरानको विकास अवरुद्ध र अन्यौल पुर्ण देखिन्छ वसपार्कको योजना मैले योजना वनाएको हो । अहिले त्यो पनि अन्यौल नै छ । डिपीआर वनको छ ,तर त्यो हातीको सेता दाँत मात्र हो  । आवस्यक श्रोत साधान जुटाएर तत्काल लाग्नु पर्छ २ वर्ष सम्म त वन्नु पर्ने हो । अर्को खानेपानीको समस्या पुरा हुन सकेको छैेन । आयोजना अन्तिम चणमा छ तर आयोजनाले काम गरिहरको छैन ।आइयुडिपीको काम अन्तिम चरणमा पुगे पनि नेतृत्व वर्गको भुमिका कमजोर भएकाले कारणले सफलता पाउन सकिरहेको छैन्।यस्तो अवस्थामा पनि जनप्रनिधी कर्तव्य विमुख भएर वसेको छन् ।कागले कान लग्यो भनेर त्यसको पछि कुदिरहेका छन् ।

धरानमा नेतृत्व वर्ग प्रति जनगुनासो व्यापक आइरहेका वेला,यो अवस्थामा जनताले तपाईको खाँचो महसुस गरे भने जनताले गरेको तपाई प्रतिको अपेक्षालाई कसरी लिनु हुन्छ ?

हैन,अहिले पछिल्लो समयमा त्यो अपेक्षा जनताले महसुस गरेका होलान । मलाई पनि साथी भाई, कार्यकर्ताले अवको नेतृत्वको आवस्यकता प्रति भन्ने गरेको छन् । तर व्यतिmगत रुपमा अहिले नै त्यो निर्णयमा म पुगि सकेको भने छैन् । तर मध्यावधी चुनावको लागि अहिले जति पनि नामहरु आइरहेका छन् । त्यो नामहरु धरानको विकासमा वलियो वन्न सक्दैन भन्ने मलाई लाग्छ ।वास्तवमा नै भन्ने हो भने म नेतृत्व लिएर गए भने धरान उपमहानगरपालिकाको गेटबाट छिर्ने वितिकै जनतालाई परिवर्तन महशुस गराउने छु,त्यो तागत र हिम्मत मसँग छ ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्