'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

  • प्रकाशित मितिः आश्विन 17, 2076
  • 548 पटक पढिएको
  • औजार संवाददाता

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्रवक्ता समेत हुन् । राजनीति र समाज सेवामा तामाङ उतिकै सक्रियताका साथ लागि पर्दै आएका छन् ।तामाङ वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुचना विभागमा लामो समय कार्यरत पनि रहे । तर अब समाज सेवा र राजनीतिमा उनले पुर्ण जीवन दिने उद्देश्यले जागीर समेत छाडेर मैदानमा उत्रिएका छन् । राजनीति जति उचाई छ,सामाजिक क्षेत्रमा पनि तामाङको उचाई उचो नै छ । उनी आफ्नो तामाङ समुदायको जातीय संघ संस्था देखि दुई दर्जनभन्दा वढी सामाजिक संघ संस्थामा सक्रिय रुपमा अघि वढेका छन् । उनै युवा नेता नेपाली काँग्रेस सुनसरीका सचिव एवम् प्रवतmा सुजेन्द्र तामाङसँग औजार दैनिकले गरेको कुराकानी ः–

मेरो उद्देश्य भनेको राजनीतिक एवम् सामाजिक हिसाबले धरानबासीको सेवा गर्नु तथा धरानको विकास र समृद्धिका लागि नेतृ्त्वदायी भुमिका र योगदान गर्नु हो ।

राजनीतिक पृष्ठभुमि
१. नेपाल विद्यार्थी संघको महेन्द्र बहुमुखी क्याम्पस धरानको २०५३ मा स्ववियूको उपसभापतिको प्रत्यासी ।
२. नेपाली कांग्रेसको क्षेत्रीय सदस्य, क्षेत्रीय सहसचिव, क्षेत्रीय कोषाध्यक्ष, क्षेत्रीय सचिव, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुंदै हाल महासमिति सदस्य, सुनसरी जिल्ला सचिव एवम् प्रवक्ता ।

पूर्वी नेपालको शुन्दर सहर धरान विकास निर्माणमा निकै पछि परेको छ नि ?

विगत ३० वर्षदेखि लगातार कम्युनिष्ट (एमाले र माओवादी) हरुले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सबैमा एकपक्षीय रुपमा चुनाव जित्दै आएको र उनीहरुले धरानको विकास गर्नमा भन्दा आफ्नो र पार्टीको विकासमा विशेष ध्यान दिएकाले पूर्वी नेपालको अति सुन्दर सहर भएरपनि विकास निर्माणमा निकै पछि परेको हो । स्व.गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको नेपाली कांग्रेसको सरकारले २०५० सालमा दक्षिण एशियामै गर्व गर्न लायक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेका कारण धरानको प्राण जेनतेन रहेको छ ।

काकाकुल धरानको खानेपानी समस्याको दीर्घकालिन समाधान गर्न कस्तो कदम चाल्नु आवस्यक छ ?

ंहाल निर्माणको क्रममा रहेको खानेपानी आयोजना भूमिगत श्रोतमा आधारित भएको, लक्ष्य अनुसार पानी उत्पादन हुन नसकेको र सन् २०३१ सम्मलाई मात्र डिजाईन गरिएको हुंदा धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कोशी वा तमोरवाट नै खानेपानी ल्याउने गरी आयोजना निर्माण गर्नु जरुरी छ ।

धरान उपमहानगरपालिकाका काम कारवाहीलाई प्रतिपक्षी दल नेपाली कांग्रेस सन्तुष्ट छ ?

जनता नै असन्तुष्ट भएको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सन्तुष्ट हुने कुरा त आउंदै आउंदैन । अन्य दलहरु पनि सन्तुष्ट छैनन् । विकासका नाममा एकपक्षीय ढंगले जथाभावी रकम सिध्याउने काम भईरहेको छ । सडकहरु खाल्डै खाल्डा र जीर्ण बनेका छन् तर हाईवेमा सडक विभागको स्विकृति विना रेलिङ र गमला स्ट्याण्ड बनाएर फुल रोप्ने काम गरेको छ । पर्यटन पूर्वाधार र प्रबद्र्धनको बजेट कार्यकर्तालाई मासु भात ख्वाएर सकेको छ । धरानवासी र व्यापारीको ढाड सेक्ने गरी कर वृद्धि गरेको छ । खानेपानी आयोजनालाई अलपत्र बनाउंदैछ । बस पार्क निर्माणको विवाद जस्ताकोतस्तै छ । विमानस्थल निर्माण अत्तोपत्तो छैन । सुकुम्वासीको समस्या यथावतै छ । जताततै वेथिति र विसंगती मौलाएको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस त के स्वयं नेकपाका कार्यकर्ताहरु पनि खुशी छैनन् ।

अहिले विरोध गरेजस्तो सजिलो गरेर जिम्मेवारी पाएपछि काम गर्न सक्नु हुन्छ ?

मैले जिम्मेवारी पाएको खण्डमा जनताको आकांक्षा, भावना र आवश्यकता बमोजिम विशेषज्ञहरुको आवश्यक राय र परामर्श लिई पारदर्शी र मितव्ययी ढंगले सबै पक्षसंग आपसी समन्वय र सहकार्य गरेर काम गर्छु । यसरी काम गर्दा सबैको साथ र सहयोग अवश्य पनि पाईने भएकाले सरल र सहज ढंगले काम गर्न सक्छु भन्ने आत्मविश्वास छ ।

धरानमा कांग्रेसको संगठन बाहिर आएजस्तै साँचिक्कै कमजोर भएकै हो त ?

बाहिर आएजस्तो अति नै कम्जोर चाहिं होइन तर केही कम्जोर चाहीं पक्कै हो । त्यसैले अहिले हामी आपसी कमी कम्जोरी र असमझदारी हटाउंदै संगठनको सुदृढिकरण, क्षमता विकास र विस्तारमा उच्च प्राथमिकताका साथ लागी परेका छौं । त्यसैगरी हाम्रा भातृ तथा शुभेच्छुक संघसंस्थाहरुलाई समेत चुस्त दुरुस्त र जिम्मेवारी सहित चलायमान बनाउंदै लगेका छौं ।

जागीरबाट पुर्ण राजनीतिमा आउनु भएको छ, किन ?

म कर्मचारी भएको अवस्थामा समेत कार्यालय समय अघि र पछि तथा विदाका समयहरुमा राजनीति तथा समाजसेवामा संलग्न हुंदै आएको थिंए । आज त्यसैको परिणाम स्वरुप हालको राजनीतिक हैषियतमा पुग्न सफल भएको छु । मेरो उद्देश्य भनेको राजनीतिक एवम् सामाजिक हिसाबले धरानवासीको सेवा गर्नु तथा धरानको विकास र समृद्धिका लागि नेतृ्त्वदायी भुमिका र योगदान गर्नु हो । यसका लागि मैले पूर्ण दिन आवश्यक भएको र धरान उपमहानगरपालिकाको रिक्त मेयर पदको आसन्न उप –निवार्चनमा आफुलाई सशक्त र योग्य दावेदार तथा आकांक्षीको रुपमा उभ्याउन पनि जागिरवाट अवकाश लिएको हुं ।

पुर्ण कालिन नै राजनीति गर्ने हो त ?

धरानको सर्वाङ्गीण विकास र समृद्धिका लागि नेतृत्वयदायी भूमिका निर्वाह गर्छु भन्ने मान्छेले पूर्णकालिन राजनीति र समाजसेवा त गर्नै पर्यो नि ।

धरानमा उप–निर्वाचनको पनि महौल बढेको छ, के छ तयारी पाटीको ?

–रिक्त मेयर र ७ नं. वडा अध्यक्षको आसन्न उप –निर्वाचनमा पाटीका उम्मेदवारलाई विजय गराउने गरी विगतको निर्वाचनमा हुने गरेका कमी कमजोरीहरुलाई सच्याउँंदै संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउने, निर्वाचन लक्षित प्रशिक्षण गर्ने, संगठन विस्तार गर्ने, राष्ट्रिय जागरणको अभियानलाई निर्वाचनसंगै जोडेर कार्यक्रमहरु गर्ने, वडा भेला, टोल भेला, नगर भेला जस्ता कार्यक्रमहरु गर्दै जनताको घर आँंगन सम्म पाटीलाई पुराउने र पार्टी प्रवेश र साधारण सदस्यता वितरण जस्ता काम भईरहेको छ ।

अनि तपाईको पनि उम्मेद्धवारीमा चर्चा छ , वास्तविकता के हो ?

विगतदेखि नै धरानको जनचासो र जनसरोकारका विभिन्न मुद्धाहरुमा जनताको आकांक्षा बमोजिम व्यक्तिगत र पाटीगत रुपले म नेतृत्वदायी भूमिकाका साथ संलग्न हुंँदै आएकाले जनस्तरवाट र पाटीगत तवरवाट मेयर पदको उम्मेदवारका लागि मेरो चर्चा हुनु स्वभाविकै हो । म पनि धराने जनता र पार्टीको तर्फवाट धरानको नेतृत्व गर्न तयार रहेको छु । धराने जनता पनि योग्य,सक्षम र विकासप्रेमी यूवा नेतृत्वको पक्षमा रहेको छ ।

पाटीले तपाईलाई टिकट देला त ? संभावना के छ ?

पाटीले नदिने कारण नै देख्दिन। तर पनि म लगायत अरु जिम्मेवार साथीहरु पनि आकांक्षी भएकाले पाटीका आम साथीहरुको भावना बमोजिम स्थानीय स्तरवाटै सर्वसम्मत उम्मेदवारी चयनका लागि उच्च र दीर्घ कालिन समझदारी एवम् सहमति निर्माण गर्न प्रयासरत छौं ।

यदि तपाई टिकट पाएर मेयर वन्नु भयो भने धरानको विकासको लागि तपाईको एजेण्डा के हो ?

धरानलाई विकसित र समृद्ध सहर बनाउन धरान उपमहानगरपालिकामा भएको नीतिगत भ्रष्टचार,भ्रष्टचार तथा अनियमिता नियन्त्रण गरेर सुशासन कायम गर्ने,धरानवासीले लामो समयदेखि झेल्दै आएको खानेपानी समस्याको दिगो समाधान गर्र्ने,आधुनिक एवम् दीर्घकालिन बस पार्क निर्माण र पार्किङको उचित व्यवस्थापन गर्र्ने,धरानका सडकहरुको विस्तार र स्तरोन्नति गर्र्ने,अवैज्ञानिक ढंगले जथाभावी कर वृद्धिका कारण जनताले सास्ती भाग्नु परेको र उद्योगी व्यवसायीहरु पलायन हुने अवस्थाको अन्त्य गर्र्ने, भूमिहीन सुकुम्वासीहरुलाई भूमि अधिकार सहित सुरक्षित बसोवास, शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति गर्र्ने, धरान विमानस्थल निर्माणलाई मूर्तरुप दिने, धरानको आन्तरिक आय श्रोत वृद्धि गर्न धरानको पर्यटकीय क्षेत्रहरुमा आवश्यक पूर्वाधार निर्माण गर्ने, बहुजातिय संग्रहालयलाई मुर्त रुप दिने, ऐतिहासिक धार्मिक क्षेत्रहरु जोड्ने गरी विजयपुर–पाथिभरा–भेडेटार–विष्णुपादुका–बराहक्षेत्रमा केवुलकार निर्माण गर्ने, धरान एउटा शैक्षिक सहर पनि भएकाले शैक्षिक हब बनाउने, पाराग्लाइडिङ लगायत समस्त खेलकुदको आवश्यक पूर्वाधार निर्माण गर्र्नुे,धरानमा उत्पादन हुने घरेलु सामाग्रीहरुको बजारीकरण गरिनुका साथै विष्णुपादुका क्षेत्र र पांचकन्या क्षेत्रलाई कृषि जोनको रुपमा विकास गर्ने हुने छ ।


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग