‘सहमतीमै प्रदेशको नामाकरण’

  • प्रकाशित मितिः आश्विन 17, 2076
  • 169 पटक पढिएको
  • औजार संवाददाता

धरान । एक नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको नामाकरण सहमतीमा टुंगो लाग्ने बताएका छन ।

बिहिबार प्रदेश सभा सचिवालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख भण्डारीले स्थायी राजधानी जस्तै नामाकरण पनि सहमतीमै टुंगो लाग्ने बताएका हुन् । उनले नामकरणलाई टुंगो लगाउन राजनैतिक दल,सरकार र प्रदेश सभा पटक–पटक छलफलमा बसेपनि सहमती जुट्न नसक्दा बर्षे अधिबेशनमा प्रस्ताव दर्ता हुन नसकेको बताए ।

सभामुख भण्डारीले स्थायी राजधानी जस्तै प्रदेशको नामाकरण पनि सहमतीमै टुंग्याउने प्रयास भैरहेको र आगामी अधिबेशनमा प्रस्ताव दर्ता हुने बिश्वास व्यक्त्त गरे । भने,‘हामीले सहमतीमा टुंग्याउन छलफल जारी राखेका छौ,राजधानी झै नामाकरण पनि सहमतीमै टुंगो लाग्छन् ।’सभामुख भण्डारीले चालु बर्षमा प्रदेश सभा भवनको निर्माणका लागि शिलान्यास गर्ने योजना रहेको र त्यसका लागि प्रदेश सरकारले जग्गा खोजी गरिरहेको जानकारी गराए ।

महानगरपालिकाले प्रदेश सभा भवन निर्माण गर्न जग्गा दिने घोषणा गरेपनि त्यो प्रदेश सरकार मार्फत नै आउनुपर्ने बताए । भने,‘हामीलाई उपलव्ध हुने जग्गा जसले प्रदान गरेपनि प्रदेश सरकार मातहतबाटै आउनुपर्ने कानूनी प्रावधान छ ।’सभामुख भण्डारीले सचिवालयको व्यस्तता , मन्त्री आउन ढिलाई गर्दा र कार्य व्यवस्था समितिको बैठकमा छलफल लामो हुँदा प्रदेश सभाको बैठक तोकिएको समयमा वस्न नसकेको जानकारी गराए । उनले आगामी दिनमा सकेसम्म समयमै बैठक बसाउन प्रयत्न गर्ने वताए । उप–सभामुख सरस्वती पोखरेलले प्रदेश सभाको मर्यादलाई कायम राख्न पत्रकाहरुले सक्दो सहयोग गरेको खुसी लागेको बताइन् ।

उनले सभाको मिडिया सेन्टरलाई अझै व्यवस्थित बनाउन सहयोग गर्ने बताइन् ।शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सभाका प्रमुख सचिव गोपाल पराजुली,संसदिय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्साल,पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेल,मोरंङ शाखा अध्यक्ष बन्धु पोखरेल लगायतले प्रदेश सभालाई नागरिक हाउसका रुपमा बिकास गर्न सुझाव दिए ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्