निर्माणधीन घरको सेप्टिक ट्यांकीभित्र 'एकै परिवारका ५ जनाको शव भेटियो'

  • प्रकाशित मितिः आश्विन 16, 2076
  • 3265 पटक पढिएको
  • औजार संवाददाता

बारा, १६ असोज । जिल्लाको फेटा गाउँपालिका– ४ मा एकै घरका ५ जनाको श व सेप्टिक ट्यांकीभित्र भेटिएको छ । घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा ती श व भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

जिप्रका बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले बताएअनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ ।

यसरी मृ त अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृ तक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएको छ ।

बुधबार राति ८ बजेतिर प्रहरीले सो घटनासम्बन्धी जानकारी पाएको थियो । त्यसलगत्तै अनुसन्धान थाल्न जिप्रका बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको जनाइएको छ ।

निर्माणाधीन पक्की घरको सेप्टिक ट्यांकीमा ती श वहरू भेटिए पनि घटना र हस्य मय रहेको छ । उनीहरूको मृ त्युको कारण थाहा हुन सकेको छैन ।

-एजेन्सी


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग