इटहरी सामुहिक बलात्कार प्रकरण - आरोपीलाइ कति वर्ष हुन्छ सजाय ?

  • प्रकाशित मितिः आश्विन 16, 2076
  • 673 पटक पढिएको
  • कृष्ण बहाब भट्टराई

इटहरी । गत सोमबार राति इटहरीमा एक युवतीलाई पाँच जना युवाको समूहले सामूहिक बलात्कार गरे ।
कोसी राजमार्ग अन्तर्गत विराटनगर लाइनको साथी पेट्रोल पम्प नजिक गाडीमा काम गर्ने युवाहरूले बलात्कार गरेका थिए ।बलात्कारमा परेकी पीडित युवतीले प्रहरीलाई जानकारी दिएपछि पाँच जना मध्ये ३ जना र एक सहयोगीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका–१२ का चालक विकास कसाई,झापा सुरुङ्गा नगरपालिका–४ का सुरज थापा,सिराहा लहान नगरपालिका–४ का सुरेन्द्र भुजेल छन् ।बेलबारी नगरपालिका–७ का आशिष कार्कीलाई भने बलात्कारमा सहयोग गरेको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई घटना भएको केही समयमै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख धर्मराज भण्डारीले बताए ।घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार छन् । प्रहरीले पक्राउ परेका सबैलाई फौजदारी अभियोगमा अनुसन्धान गर्नेछ।
आफूलाई बलात्कार गरेको आरोप लगाएकी युवतीले प्रहरीमा जाहेरी दिई सकेकी छिन ।मुलुकी अपराध संहिता,२०७४ अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको छ । अपराध संहिताको परिच्छेद १८ मा करणी ( बलात्कार ) सम्बन्धी कसुरमा सजायको व्यवस्था गरेको छ ।संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ । १० वर्षभन्दा कम उमेरकी बालिका,पूर्ण अशक्त,अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए पीडकलाई जन्मकैद सजाय हुने प्रावधान छ ।इटहरीको घटनामा पीडितको उमेर २२ वर्ष रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामूहिक बलात्कारको सो घटनामा संहिताको दफा २१९ उपदफा ३ (ङ्ग) अनुसार कारबाही हुने छ । उपदफा ३ ‘ङ्ग’ अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म सजाय हुने व्यवस्था छ । सामुहिक बलात्कारमा थप सजाय हुने ऐनको दफा २१९ उपदफा ७ ले स्पष्ट गरेको छ ।

सामूहिक रूपमा जबरजस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा थप पाँच वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।इटहरीका प्रहरी प्रमुख भण्डारीका अनुसार अभियुक्तहरूलाई हालसम्मको अनुसन्धानबाट १५ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताउँछन् ।

संहितामा १० वर्ष वा सोभन्दा बढी त १४ वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि २० वर्षसम्म सजाय,चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्रदेखि चौध वर्षसम्म, सोह्र वर्ष वा सोभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी युवती भए दसदेखि बाह्र वर्षसम्म र अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म सजाय हुने व्यवस्था छ ।


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्