झरी रोकिएसँगै बजारमा चहलपहल बढ्यो

  • प्रकाशित मितिः आश्विन 16, 2076
  • 138 पटक पढिएको
  • औजार संवाददाता

धरान । दशै नजिकिदै गर्दा निरन्तरको झरीले ठप्प भएको बजारमा झरी रोकिएसँगै चहलपहल बढेको छ ।
नौरथाको चौथो दिन बित्दा धरान बजारमा चहलपहल बढेको छ ।

बजारमा खाद्यान्नदेखि लत्ताकपडा किन्नेसम्मको भिड लागेको छ । बजारमा रहेका फुटपाथदेखि किराना पसल, फेन्सी स्टोर तथा ठूला डिपार्टमेन्ट स्टोरसम्म ग्राहकको भिड लागेको छ । बराह डिपार्टमेन्ट स्टोरका प्रमुख तथा सुनसरी उद्योग वाणिज्य संघका प्रचार सचिव मानबहादुर विकले बजारमा भिड बढ्को बताए । उनले भने –‘धेरै दिनपछि झरी रोकिएको छ, बजारमा एक्कासी भिड बढेको छ । अघिल्ला वर्षहरु भन्दा चहलपहल बढेको छ, व्यापार पनि राम्रो छ ।’ ‘वर्षा रोकिएसँगै पसलमा ग्राहकहरुको भिड लागेको छ । बजारमा पनि चहलपहल उत्तिकै बढेको छ’ –व्यापारी पवन शर्माले बताए । उनले पसलमा आउने ग्राहकको संख्या बढेपनि व्यापार भने अपेक्षाकृत नभएको बताएका छन् । बजारमा चहलपहल बढेसँगै धरानको मुख्य बजार भानुचोक आसपासको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । भानुचोकदेखि छाताचोकसम्म, पुतलीलाइन, रत्नरोड र कलेज रोडमा ट्राफिक जाम बढेको छ ।

धरान–९ पुतली लाइनमा फेन्सी स्टोर चलाउँदै आएका पारस आचार्यले अरु वर्ष भन्दा यसवर्ष व्यापार बढेको बताए । उनले झरीले डिस्टर्व गरेको व्यापार झरी रोकिएसँगै ह्वात्तै बढेको बताए । विभिन्न पसलमा अहिले दशैलाई लक्षित गरी व्यापारीक अफर चलिरहेको छ । धरानमा रहेका ठूला व्यापारीक कम्पनीहरु गोरखा डिपार्टमेन्ट स्टोर, बराह डिपार्टमेन्ट स्टोर भाटभटेनी सुपर स्टोर लगायतले विभिन्न सामान खरिदमा निश्चित प्रतिशत छुटको व्यवस्था गरेका छन् । त्यस्तै गरी निश्चित परिणाम किन्दा निःशुल्क सामान थप गरिदिनेदेखि दुई किन्दा एक निःशुल्क, भाग्यशाली ग्राहकलाई उपहार जस्ता अफर दिइरहेका छन् । झरीले गर्दा किनमेल गर्न अफ्टेरो थियो । तर अहिले झरी रोकिएको बेला किनमेल गरौ भनेर बजार निस्किएको धरान–१५ निवासी उर्मिला राईले भनिन् । उनले दशैले छोपिसक्दा पनि झरी परिरहँदा किनमेलमा गाह्रो भएको बताइन् ।


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग