ज्ञानेन्द्र शाहीले फेरी 'राज्यलाई लगाए यस्तो गम्भीर आरोप'

  • प्रकाशित मितिः आश्विन 16, 2076
  • 515 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । भ्रष्टाचार विरोधी अभियान्ताका नामले चर्चा पाएका ज्ञानेन्द्र बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई एक अस्पतालबाट अर्कोमा रिफर गरिएको छ । उनलाई ट्रमा सेन्टरबाट आँखा अस्पताल पठाइएको छ । उनले आफुमाथि राज्यसँग मिलेर आ’क्रमण भएको आरोप लगाएका छन् ।

शाहीले आफूमाथि आ’क्रमण गर्ने व्यक्ति प्रहरीसँग मिटिङ बसेको समेत दाबी गरे । उनले भने, ‘मसँग प्रमाण छ कि ममाथि आ’क्रमण गर्नेले चितवनका एसपी दानबहादुर मल्लसँग बसेर चिया खाएका थिए ।’ सँगै चिया खाएर मिटिङ बसेर आफूमाथि आ’क्रमण भएको आरोप लगाए । उनले भने, ‘आ’क्रमण गर्ने वाइसिएलका व्यक्ति तीस मिनेट अघि दानबहादुर मल्लसँग सँगै बसेर चिया खाइरहेका थिए ।’ आफूसँग त्यसको अडियो रेकर्ड समेत रहेको दाबी गरे ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका उनी ह्वीलचियरमा बसेर बोलेका थिए । शाहीको टाउकोमा चोट लागेकाले उपचार सामाग्रीले बेरिएको थियो । भ्रष्टाचारविरुद्धका अभियन्ता शाहीमाथि गत शनिबार चितवनमा आ’क्रमण भएको थियो । उनलाई सत्तारुढ दल निकट युवा संघ नेपालले विभिन्न जिल्लामा निषेध गरिरहेको अवस्थामा आ’क्रमण भएपछि सर्वत्र निन्दा भएको थियो ।

शाहीले आफुलाई मल्ले ३ पटक फोन गरेर कार्यक्रम नगर्न भनेको र प्रहरीलाई आफुमाथि आ’क्रमण हुँदैछ भन्ने कुराको जानकारी पहिले नै भएको बताए । गणतन्त्र कुनै एकदुई जना लडेर नआएको भन्दै भ्रष्टाचारको विरोध गर्दा आ’क्रमण हुँनु राज्य निरही हुनु भएको र अहिलेको व्यवस्था नै संकटमा पर्ने खत्तरा भएको उल्लेख गरेका छन् ।

-एजेन्सी


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्