धरानको मेयरमा उम्मेदवार सिफारीस गर्यो लिम्बुवानले

  • प्रकाशित मितिः आश्विन 14, 2076
  • 3791 पटक पढिएको
  • औजार संवाददाता

धरान । संघिय लिम्बूवान मञ्च नेपालले धरान उपमहानगरपालिकाको मेयरको लागी उम्मेद्वार सिफारिस गरेको छ ।
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको सुनसरी जिल्ला बैठकले जिल्ला अध्यक्ष अमर इजम लिम्बू र धरान नगर अध्यक्ष सन्जुहाङ साँवा लिम्बूलाई धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउन केन्द्रीय कार्य समितिलाई सिफारिस गरेको छ ।
मंसिर १४ गते हुने निर्वाचनकालागि लिम्बूवान मञ्चले उम्मेदवार सिफारिस गर्दै आफुहरु १०+१ प्रदेशले मात्रै नेपाल समृद्ध बन्नेमा अडिग रहेको जनाएको छ । मञ्चको सुनसरी इन्चार्ज भूपेन्द्र सुन्दर लावती सहित जिल्ला कमिटिको बैठकले उम्मेदवारको सिफारिस गरेको छ ।


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग