प्रधानको गजल वर्षा

  • प्रकाशित मितिः आश्विन 14, 2076
  • 348 पटक पढिएको
  • औजार संवाददाता

शनिबार धरानमा अत्यधिक वर्षा भईरहेको बेला कालकूट साहित्यिक मञ्चको आयोजनामा भएको नियमित रचना वाचन कार्यक्रम गजलमय बनेको छ । महेन्द्र क्याम्पसको सभाहलमा भएको मञ्चको पाचौ श्रृङखलामा यूवा गजलकार कुमार प्रधानर्ले कल्पित’ एक दर्जन बढी आफ्ना रचनाहरु सुनाएका थिए । उनले आफ्नो गजलका शेरहरु शुरु गर्दा उपस्थितको अनुहारमा एकप्रकारको विम्वहरु देखिएका थिए । जुन विम्वमा प्रतिक्षा र उत्प्रेरितको कौतहुलता भरिएको थियो ।

मलाई फेरी पनि यो मुटु दान गर्नु छैन

आफ्नो अत्या आफै जानाजान गर्नु छैन ।

एकछिन रोएर बुझे आसुँ के हो भनेर

दिनै रोएको आमाको अपमान गर्नु छैन ।

दिल दिल भएरै बाचोस, या ढुङगा भएर बाचोस,

बाचोस आफ्नै खुशिमा परिसान गर्नु छैन ।

एक पटक हारेको बाजि फेरी हारेको स्विकार्य भयो,

तिमि सँग अर्को बाजि एहेलान गर्नु छैन ।

माटोलाई जित्न पनि मरेर माटो नै बन्नु पर्छ ,

आखिरमा मुर्दानै बन्नु छ त हैरान गर्नु छैन ।

यसरी गजलकार प्रधानले आफ्नो पहिलो चरणको पहिलो गजलका शेरहरु सुरुवात गरे । उनको प्रत्येक गजलका शेरहरुका हरफमा उपस्थितिलाई मोहित बनाउने एकप्रकारको तागत देखिन्थ्यो । विहानदेखि भएको वर्षाले केही कार्यक्रममा अवरोध आएपनि साहित्यिक अनुरागिहरुको उपस्थिति निकै बाक्लो रहेको थियो । गजलकार प्रधानले आफ्नो पहिलो चरणको पहिलो रचना प्रस्तुत गरिरहदा उपस्थितिको मुखबाट वाउ वाउ को रवहरु पटक पटक निस्कीरहेका थियो । प्रत्येक बेञ्चका पंतिबाट तालिका वर्षातहरु आईरहेको थियो । यसले गर्दा उनलाई थप हौसला र जोस भरिएर आएको उनको अनुहारमा प्रत्यक्ष देखिन्थ्यो । उनले दर्जन बढी आफ्ना रचनाहरु सुनाईरहदा दर्शकले अन्तिमसम्म प्रतिक्षा गरी सुनेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ लोक गायक कृष्ण कुमार लावती,विशेष अतिथिमा १३ नं वडाका अध्यक्ष नेत्र काफ्ले,विमल स्मृति पुस्तकालयका सस्थापक पूर्णबहादुर गुरुङ रहेका थिए भने कार्यक्रमको अध्यक्षता कालकूट साहित्यिक मञ्चका अध्यक्ष मनि राई गोठाले गरेका थिए । कार्यक्रममा उपन्यासकार शंकर सुनुवारले आफ्नो उपन्यास सन्देश पुस्तक कालकूट साहित्यिक मञ्चलाई उपहार स्वरुप प्रदान गरेका थिए र ओखलढुङगा ९ की सर्मिला बस्नेतले मञ्चको वार्षिक सदस्यता समेत लिएकी थिइन् । मञ्चले प्रत्येक पन्ध्र प्रन्ध्र दिनको अन्तरमा यस्तो कार्यक्रम गर्दे आएको छ यसले नव युवा साहित्यकारहरुको लेखन स्तर थप परिस्कृत गर्न मद्धत गर्ने र उनहरुलाई थप हौसला प्रात्त हुने मञ्चका अध्यक्ष मनि राई गोठालेले बताएका छन् ।

 


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए