भेट्रानकप फूटसल प्रतियोगिताको 'उपाधी धरानलाई'

  • प्रकाशित मितिः आश्विन 14, 2076
  • 181 पटक पढिएको
  • औजार संवाददाता

सुनसरी । इटहरीमा सम्पन्न पूर्वाञ्चल स्तरिय भेटानकप फूटसल प्रतियोगिताको उपाधी धरान फूटसल क्लबले जितेको छ । सोमबार सम्पन्न फाइनलमा धरानकै बारबारसप फूटसल क्लबलाइ ६–१ गोल अन्तरले पाराजित गर्दै धरान फूटसलले उपाधीसंगै नगद ४० हजार रुपैया र टफी पाएको छ । उपबिजेता बारबारसप फूटसलले नगद २० हजारमा चित्त बुझाएको छ ।

धरान फूटसलका लागि सर्वाधिक गोलकर्ता घोषित भएका राजकुमार राइले ४ गोल गरे । उनले प्रतियोगितामा जम्मा ८ गोल गरेका थिए । यस्तै नर्सिङ राई र करण राइले १(१ गोल गरे ।

बारबारसपका तर्फबाट एक मात्र गोल सुमन श्रेष्ठले गरे । एन्फा एकेडेमी धरानका प्रशिक्षक समेत रहेका श्रेष्ठले प्रतियोगिताभर ६ गोल गरेपनि उपाधी जिताउन सकेनन । यसअघि सोमबार नै सम्पन्न क्वाटरफाइनल खेलमा धरानले बिराटचौक भेटान तथा सेमिफाइनलमा आयोजक द योङ ब्रदर्श क्लबलाइ पाराजित गर्दै फाइनलमा पुगेको थियो । उपबिजेता बनेको बारबारसपले क्वाटरफाइनलमा हामो्र इटहरी भेटान क्लब र सेमिफाइनलमा डिएफसी धरानलाइ पराजित गरेको थियो । प्रत्येक बर्ष बडा दशैको अवशरमा फूटबल गराउदै आएको इटहरीको द योङ ब्रदर्श क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाइ एन्फा सुनसरी अध्यक्ष केशव कार्की, आयोजकका अध्यक्ष बिकास केसी, उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवश पोखरेल, महासचिव पिताम्बर पोखरेल, बिष्णुनारायण डांगीले पुरस्कार बितरण गर्नुभयो ।
प्रतियोगतामा एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरका १२ वटा टिमको सहभागीता रहेको थियो । प्रत्येक बर्ष दशैमा बिभिन्न सास्कृतिक कार्यक्रम र फूटबल गराउदै आएको क्लबले फूटसलमा देखिएको बढ्दो क्रेजलाइ मध्यनजर गर्दै यसबर्ष भेटानकप फूटसल गरिएको क्लबका अध्यक्ष केसीले बताए ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए