'पोखरामा भेटियो निधार नभएको बच्चा, देख्नेहरु सबै चकित' ( हेर्नुस भिडियो)

  • प्रकाशित मितिः आश्विन 12, 2076
  • 265 पटक पढिएको
  • औजार संवाददाता

पाल्पाकी सुकमाया परियार बिगत तीन महिना देखी पोखराका सडक र मन्दिर अगाडी भौतारिरहेकी छन् । १४ महिना अघि मात्र आफ्नो कान्छो सन्तानको रुपमा गणेश परियारलाई पाएकी सुकमाया अहिले उपचारको अभावमा हैरानीमा छन् । गणेश एक साधारण बच्चा छैनन् । जन्मदा नौ सय ग्राम र अहिले १४ महिना पुग्दा सम्म जम्मा साढे दुई किलो तौल भएको बच्चा बोक्दै सुकमाया उपचारमा सहयोग गरिदिन आग्रह गरिरहेकी छन् ।

गणेशको अनुहार पनि अरु बच्चाको भन्दा भिन्न छ । देख्ने र भेट्नेहरुले एलियन जस्तै भएको पनि भन्छन् कतिपयले निधार नै नभएका बालकलाई भगवानको रुप मन्ने गरेका छन् । बाटो हिड्ने देख्नेहरुले केही रुपौया त दिन्छन् तर त्यसले पोखरामा बस्न र खान मात्र ठिक्क छ । बच्चाको शारिरिक बनावट अनुसार नै हरेक महिना अस्पतालमा जाँच गराउनुपर्छ तर अस्पताल लैजाने खर्च उनीहरुसंग छैन । फोक्सोमा निमोनियले आक्रमण गरेको र त्यसको लागी काठमाण्डौं जानपर्ने डाक्टरको सल्लाह छ तर सुकमाया भन्छिन् पैसा छैन कसरी जाउँ ?

-एजेन्सी


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्