पेट्रोलियम मजदुर संगठनको दोस्रो भेला सम्पन्न

  • प्रकाशित मितिः आश्विन 10, 2076
  • 124 पटक पढिएको
  • औजार संवाददाता

धरान । अखिल नेपाल पेट्रोलियम मजदुर संगठन सुनसरीको दोस्रो भेला इटहरी–८ स्थित ट्रेड युनियन महासंघको कार्यलयमा विहिवार सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन जिल्ला अध्यक्ष राजन काफ्लेको प्रमुख आथित्यमा भएको भेलाले खड्ग नारायण चौधरीको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति छनौट गरेको छ । अथिति ट्रेड युनियन जिल्ला सचिव लिलाबहादुर प्रधानले कार्यक्रममा बोल्दै भने सरकारले मजदुरहरुको कायम गरिदिएको न्युनतम पारीश्रमिक र सामाजिक सुरक्षाका कुनै पनि सेवा सुविधा पेट्रोलियम मजदुरहरुले अहिलेसम्म पनि नपाएको र दशैँ सम्म पनि पेट्रोलियम व्यवसायीले सरकारले निर्धारण गरेको सेवा सुविधा उपलव्ध नगराए शसक्त आन्दोलनमा उत्रिने बताएका छन । भेलाले छनौट गरेको कार्यसमितिमा उपाध्याक्षमा कृष्ण प्याकुरेल, सचिव तुलसीराम खनाल, सहसचिव गणेश अधिकारी कोष अध्यक्ष बब्लु शाह र सदस्यहरुमा रमेश अधिकारी, प्रकाश राउत, महेश राय, श्याम थापा रहेका छन भने २ सदस्य पछि थप गरिने निर्वाचित अध्यक्ष खड्ग नारायण चौधरी जानकारी दिएका छन ।


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।