धरानमा वडाध्यक्षका छोरामाथी कैची प्रहार गर्ने पक्राउ

  • प्रकाशित मितिः आश्विन 10, 2076
  • 988 पटक पढिएको
  • औजार संवाददाता

धरान, १० असोज । धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा पुजन लिम्बूमाथी कैचि प्रहार गर्ने कलाम मिया पक्राउ परेका छन् ।
धरान–९ गौतम पथको एक कपडा पसलमा कपडा खरिद गरिरहेको अवस्थामा लिम्बूमाथी मियाले कैची प्रहार गरेका थिए । कैची प्रहारबाट लिम्बूको बाँया कोखा र ढाडमा गहिरो चोट लागेको छ ।

kaichi

कैची प्रहारबाट गम्भिर घाइते भएको लिम्बूको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
कैची प्रहार गरी फरार भएका मियालाई प्रहरीले लुकेर बसको स्थान धरान–२ बाट पक्राउ गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्