'प्रहरीको गाडी मै यौन धन्दा भए पछि'...

  • प्रकाशित मितिः आश्विन 9, 2076
  • 690 पटक पढिएको
  • औजार संवाददाता

अमेरिकी राज्य फ्लोरिडामा एक जोडीले प्रहरीकै कारमा अश्लील हर्कत गरे। घटना गत शुक्रबारको हो । नासाउ काउन्टीका प्रहरी अधिकारी मार्क हन्टरले शुक्रबार साँझ मादक पदार्थ सेवन गरेर साइकल चलाइरहेका ३५ वर्षीया मेगन मोन्डानारो र ३१ वर्षीय आरोन थोमसलाई पक्राउ गरे।

मापसे परीक्षण गर्दा उनीहरू दोषी ठहरिए। मदिराले लट्ठ जोडीलाई हतकडी लगाएर हन्टरले आफ्नो कारको पछाडिको भागमा राखे। त्यसपछि उनी बाहिर निक्लेर थप सहयोगका लागि फोन गरिरहेका थिए। उनीहरूलाई जेल पठाउनु थियो। एकछिनपछि उनी कारभित्र छिरे। त्यहाँको दृश्यले उनलाई चकित र विस्मित बनायो।

मेगन र आरोन आपत्तिजनक अवस्थामा थिए। ‘उनीहरू सेक्स गर्न ठिक्क परेका थिए,’ प्रहरी अधिकारी हन्टरले भने, ‘थोमस नग्न थिए। मेगन अर्धनग्न थिइन्। ब्राबाट उनका आधा स्तन चिहाइरहेका थिए।’

हन्टरले थोमसलाई कारबाट बाहिर निकाले। थोमसले उनलाई लडाएर भागे। तर, केही समयमै प्रहरीले उनलाई समात्यो। मापसे गरेर साइकल चलाएको, अश्लील हर्कत गरेको कसुरमा यो जोडी अहिले जेलमा छ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए