लेखापढी व्यवसायीद्वारा कार्यालयमा सुशासनको माग

  • प्रकाशित मितिः आश्विन 5, 2076
  • 123 पटक पढिएको
  • औजार संवाददाता

इनरुवा । लेखापढी व्यवसायीहरुले सरकारी कार्यालयहरुमा सुशासन कायम हुनुपर्ने माग गरेका छन् ।
सनिबार सुनसरी सदरमुकाम इनरुवामा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन १ नम्बर प्रदेश समितिको प्रदेश भेलामा सहभागी लेखापढी व्यवसायीहरुले सरकारी कार्यालयहरुमा सुशासन कायम हुनुपर्ने माग गरेका हुन् ।कानूनी राज्य, पेशागत सुरक्षा, पारदर्शिता र सुशासन, राष्ट्रिय एकता, स्वाभिमान र पहिचानका लागि संविधान मुल नाराका साथ प्रदेश एकको भेलामा सहभागी लेखापढी व्यवसायीहरुले देशका सरकारी कार्यालयहरुमा सुशासनको अभावका कारणले नागरिकले सास्ती खेप्नुपरेको भन्दै सुशासन कायम हुनुपर्नेमा जोड दिएका छन् ।

भेला कार्यक्रममा लेखापढी व्यवसायीहरुको संस्थाका प्रदेश प्रमुख पुरुषोतम अधिकारीले नेपालको कानुनले सरकारी कार्यालयहरुलाई नागरिकमैत्री, सुशासनमैत्री, पारदर्शिताको रुपमा व्यख्या गरेको भएपनि त्यसको नागरिकले अनुभुती गर्न नपाएको गुनासो गरे ।अधिकारीले कार्यालयमा कार्य सम्पादनको शिलशिलामा हुने ढिला सुस्तीलाई नियन्त्रण गरि जनताप्रती उत्तरदायी भएर छिटोछरितो स्वच्छ एवम पारदर्शि काम गर्नुपर्ने, नागरिक वडा पत्र राख्नुपर्ने र भएका नागरिक वडापत्रलाई पूर्ण रुपमा कार्यान्वय गर्नुपर्ने माग गरे । उनले प्रदेशका १४ जिल्लाका लेखापढी व्यवसायीहरुको हकहितका लागि राज्यको काम पारदर्शिता नभएसम्म आरोपमात्रै खेप्नुपर्ने भएकाले सुशासन कायम हुनुपर्नेमा जोड दिए  ।

अर्का लेखापढी व्यवसायी शैलेस खनालले जग्गा प्रशासन सम्बन्धी विद्यमान नीति , नियम तथा व्यवस्थाका बारेमा नागरिकलाई थप सचेत, सुचित गर्नका लागि वेवसाईड, सार्वजनिक संचारमाध्यम, स्थानीय तह तथा मातहतका निकायबाट प्रचारप्रसार गर्नुपर्ने र सबै सरकारी कार्यालयहरुमा सुशासन कायम गर्नुपर्ने बताए ।त्यसैगरी एसोसिएसनका राजकुमार पोखरेलले अर्धन्यायिक निकायमा भएका प्रमाणका कागजात व्यवस्थित राख्नुपर्ने, सबै ठाउँमा टोकन प्रणालीमा काम वा सेवा प्रवाह गर्नुपर्ने आवश्यक रहेको बताए । उनले कामको प्रकृति अनुसार समयको निरर्धाण गरि निर्धारित समयमा काम गर्ने गराउने परिपाटीको विकास गर्नुपर्ने,अभिलेख फाट पूर्णरुपमा कम्पुटराईज प्रणालिमा संचालन गर्नुपर्ने बताए । कार्यक्रममा नारायाण पोखरेलले भने, “न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भएपनि यहाँका कार्यालयमा त्यसको अभाव रहेको छ । ”

पोखरेलले राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनु सुशासन भएपनि कार्यालयका कर्मचारी र हाकिमहरुले त्यसमा बेवास्ता गर्दा सुशासनको अभाव भएको गुनासो गरे ।


भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै