धरान र केराबारी अव सीधा जोडिने

  • प्रकाशित मितिः आश्विन 5, 2076
  • 3223 पटक पढिएको
  • औजार संवाददाता

धरान । सुनसरीको धरान उपमहानगरपालिका अन्र्तगत वडा नम्बर ६ स्थित पानबारी र मोरंङको केरावारी गाउपालिकालाई सडक सन्जालले सीधा जोड्ने भएको छ ।
धरान वजारदेखि केरावारी सम्मको १५ किलोमीटरको दुरीको ग्रामीण बाटोलाई पुर्ण सडक सन्जालले जोड्ने भएपछि सुनसरीको धरान र केरावारी गाउपालिका अव सीधा जोडिने भएको हो  । सुनसरी र मोरंङको सीमाना चोक्टी स्थित हो । वुढीखोलाले दुईं जिल्लाई विभाजन गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका ६ नम्बर वडा र साविकको याङशिला हालको केरावारी जोडिएको स्थानीय तह हुन ।धरान ७ स्थित पानबारी स्टेनबाट सवारी साधानहरु त्यसतर्फ गई केराबारी सम्म पुग्ने गरेको छ । तर सडकको असुविधाका कारण त्यस क्षेत्रका वासिन्दालाई समस्या हुँदै आएको थियो । अहिले पनि धरानबाट केराबारी सम्म पुग्नको लागि धरान ६ पानबारीको चोक्टीबाट भने कच्ची सडक भएर केरावारी सम्म जानु पर्ने वाध्यता रहेको छ । तर अव केराबारी गाउपालिकाले ग्रामीण भेगको कच्ची बाटोमा सडक निर्माण तीव्र पार्न थालेपछि स्थानीयलाई केराबारीबाट धरान लगायत विभिन्न शहर आवात जावत गर्नको लागि सहज हुने भएको छ ।

जनप्रतिनिधीले स्थानीय तह सन्चालनको अधिकार पाएसँगै विकास पनि तीव्र पार्न थालेपछि स्थानीयवासी खुशीले गद्गद हुन थालेका छन् । सुनसरी र मोरङको चोक्टीदेखि केरावारी गाउपालिकाको अमृतचौक सम्मको कच्ची सडकमा स्थानीय तह केरावारी गाउपालिकाले पक्की सडक वनाउनको लागि सडक निर्माण तीव्र पारेको छ । गाउपालिका र संसदकोषको वजेटबाट अहिले केरावारी गाउपालिका अन्र्तगत पर्ने मुगु खोला र चोक्टी सम्म सडक निर्माण तीव्र वनाएको वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले वताए ।

सडक निर्माण यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने छ भने सडक निर्माण सम्पन्न भएपछि केरावारी गाउपालिका सीधा धरानसँग जोडिएर आवातजावत गर्नको लागि सहज हुने वडाध्यक्ष मगरको भनाई छ ।मुगु खोलादेखि चोक्टी सम्मको सडक निर्माणको लागि २ चरणको काम हुने छ । ४२ सय मीटर लम्वाई सडकको लागि हाल गाउपालिकाको वजेटबाट २५ सय मीटरको सडक विस्तार भईरहेको छ । शाह आरके श्रीकृष्ण जेभीले ठेक्का पाएर सडक निर्माण कार्य धमाधम भइरहेको हो । केराबारी गाउपालिकाले एक रोड ६४ लाख वजेटबाट सडक निर्माण भइरहेको जनाइएको छ । पुर्ण सडक निर्माणको लागि जम्मा २ करोढ ६४ लाखमा ठेक्का लागेको छ ।
सांसद घनश्याम खतिवडाको संसद विकास कोष मार्फत १ करोड वजेट प्राप्त भएको वडाध्यक्ष उपेन्द्र लुंगेलीले बताए । उनले भने,’धेरै दुख छ ,तर अव यो सडक विस्तार भएपछि सहज हुनेछ,बाटोको कारण नै हो हाम्रो साविकको याङ्शिला पछि परेको तर अव भने सडक विस्तारले विकासको मुहार फेरिने छ।’


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे