खाजा खर्चको लागि कोशीको दाउरा

  • प्रकाशित मितिः आश्विन 5, 2076
  • 339 पटक पढिएको
  • कृष्ण बहाब भट्टराई

इटहरी । पुग नपुग पाँच फिटको उचाई । शरीर भन्दा दुई गुणा ठुलो दाउरा बोकेर १३ वर्षीय रविन चौधरी कोशीको स्पर (बाध) माथि उक्लिँदै थिए ।
स्थानीय सरस्वती माविमा कक्षा–८ मा पढ्छन् चौधरी । बाढी आएको थाहा पाउने बित्तिकै घर नजिकै रहेको कोशीमा दाउरा निकाल्न उनी जान्छन् ।भदौ अन्तिम साता मौसम प्रतिकुल थियो । पहाडी जिल्लामा पहिरोको गएको समाचार आइरहेको थियो । लगातारको बर्षातले धेरै काठ दाउरा कोशीले बगाएर ल्याएको थियो । चौधरीले पनि कोशीमा बाढि आएको छनक पाए ।

बाल दिवसकै दिन ठुलो बाढी कोशीमा आएको थियो । छुट्टीकै दिन परेकाले दाउरा निकाल्न बिहानै कोसी किनार पुगे उनी । पहाडबाट गड्गडिएर आउने कोशीको धमिलो पानी । धमिलो पानी सँगै बगेर आउने पहाडे काठ दाउरा । भदौरे भेलसँगै भदौरे घामले तताउने माहौलमा बाढीमा दाउरा निकाल्नेको कोशीमा ठुलो भिड थियो त्यो दिन । यस्तो भिड जसले सानोतिनो मेलाकै हैसियत राख्छ ।चौधरी भिडसँगै कोशीको किनारमा पसे । एक हातमा टाँगो (बास) लिएर मनग्ये दाउरा निकाले । ‘बाल दिवसको छुट्टीको बेला निकालेको हो यो त’ संविधान दिवसको दिन दाउरा थन्क्याउन कोसी आएका चौधरीले भने ’ आज पानी छुट्टी छ, यहाँ धेरै दिन दाउरा राख्यो भने विहारीहरूले फेरी कोशीमै दाउरा फाल्दिन्छ ।’

धेरै दिन कोशीको किनारमा राख्दा दाउरा चोरी हुने डर पनि हुन्छ । ‘यो दाउरा फाल्दियो भने त स्कुलको टिफिन चैट् हुन्छ नि ।’बर्खा याममा कोशीमा आउने बाढीले कोसी आसपासका जनतामा डरसँगै एउटा खुसिपनि सँगसँगै आउँछ । कालो बादलमा चाँदीको घेरा भने जस्तै बाढी सँगै आउने काठ पात दाउरा भने स्थानीयहरूको चाँदीको घेरा नै हो ।चाँदीको घेरालाई प्रयोग गर्ने क्षेत्र भने स्थानीयहरूको फरक –फरक छ । स्कुले उमेरका केटाकेटीहरूले खाजामा,युवाहरूले घर खर्च,गृहिणीहरूले वार्षिक इन्धनमा दाउरालाई प्रयोग गर्ने गर्छन् । बाढीले कटान गरेर जमिन लागेको पिर स्थानीयहरूले दाउरासँगै साट्छन् ।कोशीको किनारैमा घर भएका राजेश मोचि पनि कोशीको दाउराले नै घर व्यवहार टार्छन् । भदौ अन्तिम साता मोचिले एकै दिनमा ८ हजारको दाउरा बेचेका थिए । अस्ति धेरै दाउरा आएको थियो बिहान देखि बेलुका सम्मै निकालेको थिए,आज आठ हजारमा बेचे ।

कोशीले कटान गरेर दुःख दिए पनि वर्षभरि पुग्ने दाउरा बर्खाको समयमा स्थानीयहरूले निकाल्ने गरेका छन् । उमेर पुगेका युवाहरूले पौडी खेलेर समेत दाउरा निकाल्छन् । बालबालिका र महिलाहरूले भने टाँगोले निकाल्ने गर्छन् ।बल्छिको टुप्पोमा अर्को काठलाई जोडेर दाउरा अड्काउने बनाइएको हुन्छ । जसले त्यतिकै बगेर आएको दाउरा तान्ने वा भुमरीमा आएकोलाई निकाल्ने काम गर्छ । दाउरा खोज्नकै लागि डुङ्गाको समेत प्रयोग गरिन्छ । बाढीले आफ्नै ठाउँमा कटान लागे पनि स्थानीयहरू बाढीमा बगेर आएका दाउरा निकालेर बाढीबाट लाभ लिने गरेका छन् ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे