हस्पिटालिटी ट्रेनिङ्गमा जमेका रविन घले

  • प्रकाशित मितिः आश्विन 1, 2076
  • 145 पटक पढिएको
  • औजार संवाददाता

विगत लामाे समयदेखि हाेटल व्यवसायमा लागेका रविन घले यतिबेला ट्रेनिङ सेन्टरमा खाेलेर सबैलाइ सिप सिकाइरहेका छन् । उनले हाेटल व्यवसायमा अावश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ट्रेनिङ सेन्टर खाेलेका हुन् । यसै सन्दर्भमा अाैजार अनलाइनले घलेसँग गरेकाे कुराकानीः

ट्रेनिङ सेन्टरको व्यवसाय गर्न कसरी सोच आयो ?
मेरो जन्मस्थान तथा पुर्ख्यौली घर ताप्लेजुङ्ग जिल्ला मा पर्दछ । २०५२/५३ सालतिर म स्नात्तकोत्तर पढ्न काठमाण्डौ छिरे र काठमाण्डौमा बसाईको क्रममा मैले धेरै होटलहरुमा पनि काम गरे । ठमेलमा पनि मैले केही समय एउटा होटलमा काम गरेको थिएं अनि मैले आइसा सोल्टी होटल, काठमाडौमा पनी काम गरे र काम गर्ने क्रममा हरेक चुनौती हरु पनि आए । नेपाल पर्यटक क्षेत्र भएकाले नेपालमा पर्यटकहरुलाई विभिन्न किसिमका कुराहरु ले आकर्षण गर्न सक्नु पर्ने रहेछ र खान बस्न चाही पहिला राम्रो ब्यब्स्था हुनु पर्ने मलाई लाग्यो र अझ झन आफै मलाई राम्रो ब्यबस्थित होटल खोलेर चलाउ भन्ने पनि त्यति बेलादेखि नै लाग्न थाल्यो र यसै सिलसिलामा मैले होटल ब्यबसाय पनि गर्न थाले । ती अबस्थाहरुमा मैले होटल ट्रेनिङ्गको आवश्यकता पनि देखें र मानिस ले सिक्नु पर्दा कसैको होटेलमा गएर भाडा माझेर काम सिक्नु पर्ने अबस्था त्यति बेला थियो । र मैले पनि सुरुदेखि नै संघर्ष गर्दै भाडा माझेर नै आज यो स्थान हाँसिल गर्न सकें त्यसैको प्रतिफल स्वरुप आज इटहरिमा असियन हस्पिटालिटी होटल ट्रेनिङ्ग प्रा लि नामक ट्रेनिङ्ग सेन्टर खोलेर ब्यबसाय गर्दै आएको छु ।

तपाईले होटल लाईनमा संघर्ष गर्दै लामो समय पनि बिताउनु भयो, इटहरीमा आएर ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य र खोल्नु को ‘कन्सेप्ट’ बताइदिनोस् न ।
प्रदेश नं १ इटहरीमा चै पर्यटकिय गन्तव्यको लागि धेरै राम्रो हो भन्ने मैले ठानें र अनि नेपालमा अहिले पर्यटन बर्ष २०२० को पनि राम्रै सरगर्मी छ र यसलाई पूर्व क्षेत्र र १ नं प्रदेस मा बढी भब्यता दिन खोजिएको छ, अनि पूर्व क्षेत्रमा राम्रा राम्रा होटलहरु पनि खोलिएका छन् र होटलमा राम्रा र दक्ष जनशक्ती को अभाव भएको मैले महसुश गरें र यहाँ पर्यटकहरु पनि प्रशस्त मात्रामा भितृदो छ , र यहाँ आउने पाहुना पर्यटकहरुलाई स्वागत सम्मान लागयत धेरै कुरामा राम्रो ब्यबस्थापन नभएको देखिन्छ । र यहाँ राम्रो ट्रेनिङ्ग सेन्टर खोलियो भने चै होटलहरुले राम्रो र दक्ष कामदार पाउछ भन्ने उद्देश्यले यहाँ मैले होटल ट्रेनिङ्ग सेन्टर खोलें । र यो अहिले हामिले खोलेर सञ्चालन गर्न थालेको ६ महिना जति भयो । र अहिले ६० जना जति बिद्यार्थीहरुलाई अध्यापन गराएर हामिले उनीहरुलाई स्पेशल जबमा पनि हालिदिई सकेका छौ ।

अनि इटहरीकै हकमा कुरा गर्ने हो भनेपनी धेरै यस्ता ट्रेनिङ्ग सेन्टर हरु धेरै छन्, असियन हस्पिटालिटी ट्रेनिङ्ग सेन्टर नै किन रोज्ने ?
यो क्षेत्रमा मात्र नभएर अन्य सबै खाले क्षेत्रमा पनि कम्पिटिसन छ र हुन्छ , हामिले र बिद्यार्थिले बुझ्नु पर्ने भनेको क्वालिटी हो । हामिले क्वालिटी दिएका छौ र मैले चै काठमाण्डौ को फाइभ स्टार होटेलका सेफहरु ल्याएर ट्रेनिङ्ग गराउने गरेको छु र अहिले पनि हाम्रो ट्रेनिङ्ग भै रहेको छ र गराईरहेका पनि छौं । आजसम्म बिद्यार्थी र जनमानस मा बिस्वसनियता बढ्दो पनि छ । हामीसँग पहिला सोल्टी होटलमा समेत काम गरि सकेका विश्वाशिला होटल ट्रेनिङ्ग सेन्टरमा प्रख्यात सुबोध लामिछाने जि ले ट्रेनिङ्ग गराउनु हुन्छ ।

लामो समयसम्म संघर्ष गर्दै जादा सामाजिक क्षेत्रमा पनि ठोक्किनु भयो होला, सामजिक संलग्नताका बिषयमा केही बताइदिनुहोस न ।
म पहिलादेखि नै काठमाण्डौ सभा केन्द्रको सदस्य र विभिन्न संघ संस्था हरुमा पनि आबद्ध छु । मेरो घर अहिले काठमाण्डौ महानगरपालिका २ मा पर्छ । ताप्लेजुङ्ग बाट काठमाण्डौ खाली हत हिडेको मैले काठमाण्डौ मै ब्यबसाय गरेर घर बनाउन पनि सफल भएं र ब्यबसाय गर्दै जाद ब्यबसाय पनि राम्रो काम दिएर ब्यबसाय पनि राम्रो भयो र म अहिले काठमाण्डौ–ताप्लेजुङ्ग सरोकार समाजको पनि म सचिब हो । काठमाडौ–ताप्लेजुङ्ग सरोकार समाजको अध्यक्ष पनि आदर्णिय दाइ बर्तमान पर्यटन मन्त्री योगेश भट्टराई हुनुहुन्छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
जीवनमा सङ्घर्श नै ठूलो कुरा हो, जीवन भनेकै सङ्घर्श गर्नका लागि हो । संघर्ष गरे जीवन सार्थक बन्ने र सफलता मिल्ने कुरामा दुई मत छैन । औजार दैनिक हेर्नु हुने सबै दर्शकहरुलाई धन्यबाद दिन चाहन्छु र सबैलाई संघर्षरत जीवनमा रमाउन म अनुरोध गर्दछु । हामीले सामाजिक सेवा सहित अल्पमतमा परेका र बेरोजगारी अबस्थामा रहेको युबाहरुलाई छोटो समय को होटल तालिम दिएर सक्षम बनाई जागिर समेत दिने हेतुले असियन हस्पिटालिटी होटेल ट्रेनिङ्ग सेन्टर खोलेका छौं । हाम्रो यश ठांउ मा आएर एकचोटी भिजिट गरिदिनु हुन म सबैलाई अनुरोध गर्न चाहन्छु र होटल ट्रेनिङ्ग गर्न इच्छुकले पनि सिमित सिट रहेकाले आएर जोइन हुन सक्नु हुन्छ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु ।


भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै