कवितामा संघियता र परदेशको पीडा

  • प्रकाशित मितिः भदौ 31, 2076
  • 352 पटक पढिएको
  • दिपेश राई

धरान । कालकूट साहित्यिक मञ्चको नियमित सृजना वाचन शृङखला कवितामय बन्यो  । शनिबार क्याम्व्रिज ईन्सिट्युटमा आयोजित मञ्चको चौठो शृङखलामा कवि सुरज हुक्पाचोङबाङ अज्ञात यूगिन योद्धा र कवि बालकुमारी गुरुङले दर्जन बढी संयुत्त कविता सुनाएका थिए ।कवि सुरज हुक्पाचोङबाङले मेरो अस्तित्व,हाम्रो ईतिहास,बलात्कृत सर्वहाराका सपना,मेरो खोकू,बहुला अनि पागल भए म,संघियता त कुापोषणले ङिच्च परेछ शिर्षकको लगभग ६ वटा कविता सुनाएका थिए ।

कर्णलिको जनता जस्तै भोक्भोकै संघियताले जिवन जिईरहेको छ गृहयुद्धभित्र रुमलिएको मोमलियाका केटाकेटि जस्तै माटोको रोटी चपाएर जिवन आसुँमाथि मुस्कुराई रहेछ एकदुईतिन रङहरु घोलेर हामिले तिमिलाई संघियताको मुहार कोर्न दियौ त्यो जंगेको अध्यारो घरभित्र कुन रगंको कमि गर्यो तिमिले खै संघियता त कुपोषणले आज ङिच्च परेछ यसरी कवि हुक्पाचोङबाङले आफ्नो क्रान्तिकारी कवितालाई सुरुवात गरेका थिए ।

जुन कविताले अहिले देश खोक्रो संघियतामा चलिरहेको शन्देश दिईरहको थियो । मुलुक संघियतामा प्रवेश गरिसक्यो गाँउ–गाउमा शिंहदरबार समेत आयो,त्यै पनि देशको समृद्ध र विकासमा कहिल्यै मुहार नफेरिएको उनको कविताको लाईनहरुले बारम्बार भनिरहेको थियो 

जनता र न्यायका लागि लडेका योद्धाहरुको बलिदानलाई उनले कवितामार्फत प्रस्तुत गर्देै त्यो योगदान र बलिदान कहाँ खेर गए भन्दै उनले प्रश्न समेत गरेका थिए ।कवि गुरुङले मेरी आमा, अशान्ति, बर्खायाम, पार्टीले फुट्यो मेरो गाउँले, खाते, परिक्षा र खै बाबा लगायतका कविता प्रस्तुत गरे ।

यी मध्ये खै बाबा कविता सबैले रुचाएका थिए । जुन कविताले नेपालि समाजका वास्तविक घट्नाहरुलाई चित्रण गरेको थियो । समाजका नकरात्मक विकृति र प्रथाहरु केही हदमा अन्त्य भयो तर अझै पनि विदेशिनुपर्ने प्रथा र बाध्यता अन्त्य हुन नसकेको उनले कविता मार्फत प्रस्तुत गरेका थिए । प्रत्येक दिन एक छोरीले बाबा खै भनेर आमालाई सोधिरहन्छिन् तर आमा भने भक्कानो फुटाई एकोहोरो रोईरहन्छिन् के थाहा ती छोरीलाई बर्षोदेखि उनका बाबा प्रबासमा बेपत्ता छ भनेर यसरी कवि गुरुङले प्रत्येक दिन बाबालाई सम्झना गरेका कुराहरुलाई बाबा नहँुदाको परिवारले भोग्नु परेको पिडा र दुखलाई कवितामा प्रस्तुत गरेका थिए । कार्यक्रममा धरान उपमहानगर –१३ नं का वडाध्यक्ष नेत्र काफ्ले र गजलकार परिक्रमा श्रेष्ठ मञ्चका आजिवन सदस्य बने र एकराज तामाङ साधारण सदस्य बनेका छन् ।
पछिल्लो समय धरानमा साहित्यिक जमघट निकै बढ्दो र आशा लाग्दो हुदै गएको छ । जनमासमा साहित्यिक चासो र झुकाव घट्दै गएको अवस्थामा कालकूट साहित्यिक मञ्चले यो क्षेत्रलाई सदावहार जिवित राख्न र नव आगन्तुक युवा कविहिरुको प्रोत्साहनमा विशेष भुमिका खेल्दै आएको छ ।
भर्खरै मात्र स्थापना भएको उत्त मञ्चले छोटो समयमै प्रभावकारीमुलक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पूर्याउदै आएको मञ्चले पन्ध्र पन्ध्र दिनमा नियमित रचना वाचन कार्यक्रमहरु गर्दे आएको छ यसले रचना र लेखाईको स्तरलाई थप वृद्धी गर्ने मञ्चका सदस्य गोपाल श्रेष्ठले बताएका छन् । यो अगाडी गजलकार परिक्रमा श्रेष्ठ,कवि दिलिप चाम्लिङ राई,युवा गजलकार कमल चेम्जोङ लगायतको एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए