प्रदेश नम्बर १ कै उत्कृष्ट कलेज मध्येमा यूएन कलेज 'विएचएमकाे भर्ना धमाधम'

  • प्रकाशित मितिः भदौ 29, 2076
  • 230 पटक पढिएको
  • औजार संवाददाता

धरान- यूएन कलेज अन्य कलेजहरुको तुलनामा धरान र १ नम्बर प्रदेश कै एक उत्कृष्ट कलेज मध्येमा पर्दछ । यो कलेज धरान –१६ स्थित अन्नपुर्ण चौकमा रहेको छ । स्थापनाकालको छोटो अवधिमा नै कलेजले विद्यार्थी,अभिभावकहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । गत वर्षदेखि मात्र बिएचएमको कक्षा सञ्चालन भएको यस कलेजले उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिसकेको छ । अन्य कलेजहरु भन्दा निकै पछि स्थापना भएपनि यस कलेजले छोटो समयमा नै ठुलो उपलब्धी हासिल गर्न सफल भएका छ ।

धरानमा सञ्चालित निजि कलेजहरुमध्ये होटल म्यानेजमेन्ट विषषयको एकमात्र उत्कृष्ट कलेजको रुपमा रहेको छ ,यूएन कलेज । यूएन कलेज त्रिभुवन विश्व बिद्यालयबाट मान्यता प्राप्त भई सञ्चालनमा आएको कलेज हो । धरानमा बिएचएम विषय पढ्न विद्यार्थीहरुको लागि युएन कलेज नै आफ्नो रोजाईमा पर्ने गरेको छ । धरानमा अन्य कलेज भए पनि यूएन कलेजमा विएचएम कोर्ष पढ्नको लागि विद्यार्थीले रोज्ने गरेका छन् । कलेजको विषयमा यूएन कलेज धरानका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापाेसँग ओैजार र्दैनिक दिपेश इशाराले गरेको कुराकानीः–

यूएन कलेजको मुख्य विशेषताहरु के –के छन त ?

पछिल्लो समय युएन कलेजलाई सबैले रुचाएका छन् । अहिले कलेज प्रदेश नं एक कै एक प्रतिष्ठित कलेजको रुपमा पनि रहेको छ ।सैद्धान्तिक शिक्षालाई मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापहरुले गर्दा पनि कलेज सबैले रुचाएका हुन् । अहिले युएन कलेजको क्रेज बढ्दै गएको छ । नयाँ विद्यार्थीहरुको भर्ना गर्ने कार्य धमाधम चलिरहेको छ। भर्ना गर्न आउने विद्यार्थीहरुको संख्या वृद्धि हँदै गएको छ । विएचएम र बिबिएसको भर्ना कार्यक्रम अहिले चलिरहेको छ । बिएचएम बिषयको अध्यापन गत सालबाट मात्र सुरु भएको हो । विद्यार्थीहरुको काठमाडौ जाने बाध्यतालाई मध्यनजर गर्दे केन्द्रिय शिक्षा पूर्वमा युएन कलेजले दिइरहेको छ ।कलेजले क्वान्टिटि र गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको छ र आउँदो दिनहरुमा पनि थप गुणस्तरीय र शिक्षण सिकाईलाइ प्रभावकारी र विद्यार्थीहरुलाई सहजता दिदै लानेछौ । गुणस्तरको कुरामा अन्य कलेज विद्यालयहरुले पनि कुरा गर्छन तर त्यो कुरा सबैले पूरा गर्देनन् । तर त्यो हामीबाट हुँदैन ,हामी बोलेका कुराहरु पुरा गर्छो ।कुनै फाईदा र मार्केटको लागि झुठो कुरा गर्देनौ ।जे सक्छौ,त्यो बोल्छौ ।वास्तवमा भन्नै पर्दा गुणस्तरिय शिक्षा युएनले दिएको छ र थप गुणस्तर वृद्धि गर्ने योजनामा छौ र योजना बनाईरहेका छौ । दक्ष योग्य जनशक्ति उत्पादन गर्नु नै वास्तवमा शिक्षाको गुणस्तर हो ।विद्यार्थीहरुलाई रोजगारमुलक र आत्मनिर्भर बनाउन सक्ने विद्यालयको क्षमता हुनुपर्छ । हामीलाई लागेको छ,त्यो गृणस्तरिय शिक्षा हामिले दिएका छौ र दिने प्रयासमा समेत छौ ।

त्यसो भए अन्य कलेज र युएन कलेजमा फरक चाँहि के छ ?

पक्कै पनि फरक छ । किनकि युएन कलेज यस्तो कलेज हो। जुन विएचएम विषयमा नेपालकै दोस्रो कलेजको रुपमा आफ्नो स्थान बनाईसकेको छ । काठमाडौको नाथुम कलेज पहिलो स्थानमा छ भने युएन दोस्रो स्थानमा रहेको छ । यहाँ योग्य शिक्षकहरुद्धारा मात्रै कक्षा सञ्चालन गरिन्छ शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन शिक्षकहरुलाइ समय –समयमा मोटिभेसन तालिमहरु दिईन्छ ।जसले विद्यार्थीहरुको अध्ययनलाई थप प्रभावकारी बनाउन मद्धत गर्दछ ।

विद्यार्थीलाई किताबी ज्ञानको अलवा अन्य अतिरितm गतिविधी चाहिँ के हुन्छ ?

कलेजले समय –समयमा विभिन्न विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलापहरु पनि गरिरहेको छ । ट्यालेन्ट शो,गायन,नृत्य,उद्घोषण कला,खेल लगायतका अतिरिक्त क्रिया कलापहरु पनि पढाईसंगै जोडेर लगेका छौ । ट्यालेन्ट शो मार्फत अन्र्तनिहित प्रतिभाको प्रष्फुटन र नव प्रतिभा खोजी गर्ने वातावण पनि बनाएका छौ । विद्यार्थी वर्ष लगायतका विभिन्न कार्यक्रम मार्फत विभिन्न विद्यामा उत्कृष्ट आएका विद्यार्थीहरुलाई एवार्ड तथा पुरस्कार समेत प्रदान गर्दे आएका छौ ।जसले विद्यार्थीहरुको पढाईप्रतिको लगावलाई अझ आर्कषक बनाउन मद्दत गर्दछ । अनुशासित र नियमित कलेज आउने विद्यार्थीहरुलाई पनि एवार्ड प्रदान गरिरहेका छौ । उनीहरुलाई किताबी ज्ञान बाहेकका अन्य कुरालाई पनि समावेश गराइ उनीहरुको अध्यापनलाई पहिलो प्राथमिकता दिएर विभिन्न अतिरिक्त क्रियाकलाप,शैक्षिक भ्रमण लगायत निरन्तर गर्दैे आएका छौ ।

विएचएम विषय नै विद्यार्थीको लागि किन ?

–हाल यहाँका पूर्व विद्यार्थीहरु पूर्वका विभिन्न ठाउहरु, काठमाडौमा र अष्ट्रेलिया, जर्मनि, युएसए, युके, क्यानादा लगायतका देशहरुमा स्टार लेबलका काम गरिरहेका छन् भने कोहि डिप्लोमा लेबलका कक्षाहरु देश तथा विदेशमा रहेर गरिरहेका छन् । यस विद्यालयमा पर्ने विद्यार्थीहरु प्लस टु गरेका विद्यार्थीहरुले यहाँकै स्थानीय होटल रेष्टुरेण्टहरुमा रोजगार पाएका छन् । मास्टर डिगी्र गरेपनि कत्तिपयले रोजगार पाउँदैनन् तर विएचएमका विद्यार्थीहरुलाई बेरोजगार भएर भने बस्न पर्देन। साधारण तलबको रोजगार यहीँ बसेर पनि गर्न सकिन्छ । साना –साना स्टार लेबलका होटलहरु समेत चलाउन सकिन्छ । यो विषय आफैमा रोजगारमुखी विषय हो। यो पढिसकेपछि सिप सिकि सकेपछि यसमा राम्रो प्लेटफर्म छ र आफै पनि प्लेटफर्म क्रेट गर्न सकिन्छ । होटल म्यानेजमेन्ट यस्तो विषय हो,जसले हामीलाई सँस्कार सिकाउँछ र अनुशासनको पाठ पढाउँछ र रोजगार सृजना गर्दछ ।

कलेजको अन्य उपब्धीहरु के छ त ?

भर्खरै आउट भएको सि–म्याटको रिजल्टमा ६२ जना यहाँका विद्यार्थीहरुले उत्तीर्ण गरेका छन् । यसमध्ये पनि हामिले ३३ जनालाई मात्र छनौट गर्नुपर्ने हुन्छ । त्रिभुवन विश्वविद्यालय अध्ययनको लागि सि–म्याटमा उत्तीर्ण हुनुपर्छ। सि–म्याटको रिजल्टमा पनि हाम्रो कलेजको ३३ वटा कोटा रहेको छ । कलेजले विद्यार्थीहरुलाई पूर्वाञ्चल प्रथम,बोर्डमा उत्कृष्ट स्थानमा ल्याउन समेत सफल भएको छ । धरानमा अहिले पनि सबै कलेजहरुको प्लस टु,व्याचलर,बिएचएममा रिसर्ज गर्नु भएमा युएन कलेजलाई नै नं एक गुणस्तरीय कलेजको रुपमा पाउनुहुन्छ । वास्तवमा भन्ने हो भने धरानमा युएन कलेज जत्तिको कुनै कलेज छैन र राम्रो पढ्न चाहाने र पढेर केहि बन्छु भन्नेहरुको लागि मात्र एकमात्र बिकल्पको रुपमा युएन कलेज रहेको छ ।

गरिब असहाय विद्यार्थीको लागि के सहुलियत दिदैं आएको छ ?

आर्थिक रुपमा विपन्न,गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विशेष छुटसहित भर्ना र छात्रवृत्तिको समेत व्यवस्था गर्ने गरेका छौ । प्लस टु लेबलमा एनईबिले नै यस्ता अन्य शिर्षकहरुको लागि प्रत्येक कलेजहरुको लागि छुट्याएको हुन्छ । तोकेअनुसारको छुटहरु पनि दिदै आईरहेका छौ । त्यो बाहेक पनि त्यस भन्दा माथि लेबलका विद्यार्थीहरुले कलेज आफैले पनि दिने सुविधाहरु दिईरहेको छ। व्याचलर लेबलका केहि विद्यार्थीहरुलाई समेत स्कलरशिप प्रदान गर्ने गरेका छौ । पछाडि परेका वर्ग दलित,जनजाति,आदिबासी र आर्यन मुलका जेहन्दार तथा गरिब विद्यार्थीहरुलाई समेत छात्रवृत्ति दिदै आईरहेका छौ ।

भौतिक पूर्वाधारहरुको अवस्था के –के छ त ?

कलेजमा पढ्र्ने वातावरण देखि लिएर भौतिक पूर्वधारहरु पनि प्रशस्तै छन् । विषयगत कक्षा कोठा फाल्टा– फाल्टै सेक्सन सुविधा सम्पन्न डिजिटल ल्याब,तालिमका लागि रेष्टुरेण्ट कक्षा र टाढाबाट पढ्न आउनेहरुको लागि सुविधायुक्त होस्टेल गाडीको सुविधा प्रत्येक कक्षा कोठामा एसि,हिटर समेतको राम्रो व्यवस्था गरिएको छ । खेल्नका लागि बास्केटबल कोट,टेबल,टेनिस कोर्ट लगायतको खेल मैदान र बाहिरी वातावरण शान्त रहेको छ । कलेजको दुईवटा आफ्नै गाडी सञ्चालनमा रहेको छ । धरान,पानवारी,ईटहरी,गछियासम्मका विद्यार्थीहरुलाई गाडीबाट आउने र जाने सुविधा मिलाएका छौं । कलेजमा प्रदेश एक भरिकै ठाउँहरुबाट पढ्न आउने गरेका छन् । कलेजमा हाल सबै संकायका गरेर करिब सात सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

अन्त्यमा कलेजको भावि योजनाहरु के छ त ?

आउँदो कलेजको भावि योजनाहरुमा कलेजले आफ्नै स्टार लेबलका होटल सञ्चालनमा ल्याउने रहेको छ । यसैमा विद्यार्थीहरुलाई सजिलो सहज हुने टिचिङ होटल सञ्चालन गरी कलेजमै रोजगारको सृजना गरिदिने हाम्रो भावि योजनाहरु रहेको छ । त्यस होटल भित्रै बिएचएमको कक्षा सञ्चालन हुनेछ। सो होटलमै सम्पूर्ण प्राक्टिकलहरु गरिनेछ ।यी सबै हाम्रो दीर्घकालिन योजनाहरु रहेका छन् । हाल म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र ट्राभल टुरिजम विषयको मात्र पढाई हुदै आएको थियो । अब यसैलाई थप परिस्कृत गरी यसै शैक्षिक शत्र २०७७ बाट विज्ञान संकायको समेत अध्यापनलाई सञ्चालनमा ल्याउने र कलेजको शिक्षालाई थप गुणस्तर बनाउँदै लाने हाम्रो योजनाहरु रहेका छन् ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्