हाटा जाने अघिल्लो रातः ‘स्वास फेर्ने बिचार र आगो बाल्ने शब्द’

  • प्रकाशित मितिः भदौ 28, 2076
  • 131 पटक पढिएको
  • विराट अनुपम

नेपाली साहित्यमा उपेन्द्र सुब्बा र हाङ्युग अज्ञातसँग मिलेर ‘सिर्जनशिल अराजकता’ नामक एक साहित्य आन्दोलनसँग राजन मुकारुङ नेपाली साहित्यमा नोटिसमा आए । आन्दोलन, साहित्य यात्राले नोटिसमा आएका उनलाइ हेच्छाकुप्पा उपन्यासले चर्चामा ल्यायो । आम पाठक र सर्वसाधारणमाझ भने मुकारुङलाई ‘दमिनि भिर’ उपान्यासले दिएको २०६९ सालको मदन पुरस्कारले चर्चामा ल्यायो ।
दुइ आख्यान र पहिचार पुरस्कार समेत पाएको ‘फेरिदो सौन्दर्य’ निबन्धका लेखक मुकारुङको कवि अवतार धेरैको जानकारीमा छैन । नेपाली कविताका ‘कोर’ पाठक र मुकारुङलाइ नकिजबाट चिन्नेहरु बाहेकलाइ उनको कवि अवतार थाहा छैन । तर, रोचक कुरा यो छ कि मुकारुङले ‘सेतो आरोहण’, ‘मिथक माया’, ‘जिकिरको गद्धि’ जस्ता विभिन्न पाँचवटा कविताकृति प्रकाशित छन् । १५ बर्ष अगाडि देखी अन्डरग्राउन्ड कवि र व्यस्त आख्यानकार भएका मुकारुङ अहिले आफ्नो छैटौँ कविताकृति लिएर हाजिर भएका छन् ।

नेपाली साहित्य बजारका चर्चित कविहरु भूपिन, सरस्वति प्रतिज्ञा लगायतले आख्यानमा डेब्यु गरिरहँदा आख्यानबाट आमा मान्छेमाझ पुगेका मुकारुङ भने कविता एक्सप्रेसमा आएका छन् । ‘हाटा जाने अघिल्लो रात’ नामक संग्रह लिएर आएका मुकारुङले आफ्नो कविता कृति र कविता कन्टेन्ट बारेमा जिब्रो नचपाइ सार्वजनिक अभिव्यक्ति दिएका छन् । नयाँ पत्रिकासँगको एक अन्तवार्तामा उनले भनेका छन्, ‘मेरो कवितामा समस्या छ ।’
आफ्नो कवितामा समस्या छ भन्नाले कविताको क्राफ्टमा केहि कमजोरी भएको मुकारुङको कन्फेसन देखिन्छ । तर, क्राफ्ट मात्रै भएर भने नहुँनेमा उनी प्रष्ट छन् । नयाँ पुस्ताका कविहरुको उदाहरण दिँदै उनी भन्छन्, ‘पछिल्लो समयमा कविहरुको क्राफ्ट गज्जबको छ । तर, इस्सुप्रतिको चासो कम छ ।’ आफु आफ्नो आख्यान, निबन्ध देखी कविता सम्ममा सबैतिर इस्युमा बढि केन्द्रित भएको बताउँदै मुकारुङले अनलाइन खबर डटकमसँगको अन्तावार्तामै आफू ७० प्रतिसत लेखक नभएर सामाजीक अभियन्ता भएको बताएका छन् ।
हो, उनको त्यहि सामाजीक अभियान्ताकै स्पर्स आउने खाले कविताहरु उनको पछिल्लो संग्रहमा आएका छन् । उनले खासगरि नेपाली समाज, राजनिति, संस्कृति देखी सत्तासँगका असन्तुष्टिहरुलाइ कवितामा उतारेका छन् ।
सबैभन्दा धेरै असन्तुष्टि उनको सत्तासँग छ । अनुरोध शिर्षक कवितामा भन्छन्ः जे होस, सरकारजस्तै छ यो बाढि... सुकुम्बासीहरुूकै छाप्रो बगाउने होचा टहराहरु नै डुबाउने किनाराका मानिसहरु नै पीडित हुने ‘सबैलाइ सुरक्षित हुन अनुरोध छ ।’ हेक्का रहोस् बाढिसित होइन, सरकारसित ।बाढिको बिम्बलाइ मात्रै उनी सरकारको चित्र बनाउँदैनन, रोटेपिङ चलाउनेलाइ पनि उनले सत्ता संचालक बनाएका छन् । रोटेपिङ कवितामा उनी भन्छन्ः सोच्नुस त पिङ चलाउने जो मान्छे छ नि ।

के त्यो सरकार भन्दा कमको छ?

नत्र किन पिङबाट उत्रेपछि हामीलाइ रिङ्गटा लाग्छ? वाकवाकी हुन्छ?

संस्कृतिक मिथकहरुमा उनी उनको बिमती छ । रामायणकालिन मिथकलाइ कोट्याउँदै धनु शिर्षक कवितामा उनी भन्छन्ः
शास्त्रले त्यो धनु एक पटकलाइ मात्र उचाल्ने हो भन्छ

किन हो फेरि उचाल्न नदिएको?

किन हो फेरि धनु उचालेर

आजकी सीतालाई आफ्नो बनाउन नपाउने भनिएको?

उपेन्द्र सुब्बा र तिर्थ संगम राईले प्रकाशन गरेको संग्रहमा मुकारुङका ३९ कविताहरुले ९९ पृष्ठ भरिएका छन् । ‘कविताक्रम’ अनि ‘र लयहरु...’ भनेर दुइ खन्डमा विभाजिक यो काव्यमा कृतिमा भोजपुरकि हाङ्दिमा किराती चेलीको हाट भर्न जाने अघिल्लो दिनको मनोविज्ञानसँग जोडिएकको कविताबाटै संग्रहको नाम राखिएको छ ।
हाटा जानु अगाडिको दिनको किराती चेलीको मनोविज्ञान उतार्दै कवि दार्शनिक लाइन लेख्छन्ः

कि जिन्दगी भनेको केहि फुट्नुअघि धेरै बुन्नु त रहेछकि जिन्दगी भनेको मृत्यु हुुनुअगघिसम्म बाँच्नुका बारे धेरै गुन्नु पो रहेछ....
सत्तासँग सधै ‘हार्डलाइनर’ काव्य बिद्रोहि मुकारुङले शिर्षक कविता जस्तै केहि थान कविताहरु महिलाका मुद्धामा उठाएका छन् । ‘माया विकको चोलो’, ‘भट्टि पसलमा’, ‘हट केक नायिकाको कन्फेसन’ आदि कविताहरु महिला पात्र उभ्याएर आफ्ना मुद्धाहरु मुकारुङले कविताको भाषामा उतारेका छन् ।

मुलतः सामाजीक, सांस्कृतिक मुद्धामा कविता लेखेका मुकारुङले केहि फरक खाले काव्य पनि प्रस्तुत गरेका छन् । ‘गाँउ’ कवितामा उनले गाँउको प्रिय नोस्टाल्जिया व्यक्त गरेका छन् । ‘र लयहरु...’ खन्डका ११ गीत वा भनौँ गिती कवितामा मुकारुङले प्रेमिल बिषयमा सुन्दर अभिव्यक्ति दिएका छन् । ‘त्यहि प्रित हुन्छ’ शिर्षक लयमा उनी भन्छन्ः तिमिले अढेसो लाएको यो छाती कस्तरी ढुकढुकि बढ्छ माथीमाथी । आज त झनझन झङ्कृत हुन्छ त्यही गित हुन्छ, त्यहि प्रीत हुन्छ ।

मुद्धा उठान देखी मुद्धालाइ कविताको भाषामा उतार्न सफल छन् कवि मुकारुङ । कतिपय कवितामा उनले एक सामान्य प्याराग्राफमा भनिने जस्तो भाषालाइ कविताको भाषा बनाएका छन् । सामाजीक देखी सांस्कृतिक मुद्धाका कवितामा कला भर्न सक्ने खुबि एक सफल कविको अनिवार्य सर्त हुन्छ । कवि मुकारुङकै दाजु श्रवण मुकारुङका ‘जंगली फुल’ र ‘पुरानो मान्छे’ जस्ता अत्यन्तै शक्तिशाली कविताहरु मुद्धा र कलाको मिश्रण भएर आएका छन् ।
मुद्धामा केन्द्रित भएका संग्रहका कतिपय कविताका भाषा भने कविता जस्ता छैनन । जस्तो ‘भालेगिद्ध’ शिर्षक कवितामा उनी भन्छन्ः सानालाइ जितिन्थ्यो, ठुलाले त ठेलेरै ढलाउँथे आफु समानका सँग भने ट्याक्सिएर खेलिन्थ्यो घरि जितिन्थ्यो, घरि हारिन्थ्यो बराबर भइन्थ्यो भनुम् न ।
अत्यमा, सन १७७१ मा मृत्यू भएका बेलायति कवि थोमस ग्रेको कविता बारेको एक चर्चित भनाइ राख्न चाहान्छु । उनी भन्छन्, ‘स्वास फेर्ने बिचार र आगो बाल्ने सब्दहरु नै कविता हो ।’ कवि मुकारुङका संग्रहका थुप्रै कविताहरुमा स्वास फेर्ने बिचार र आगो बाल्ने शब्द छन् ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्