सुनचाँदीका गहना चोरी गर्ने धरानबाट पक्राउ

  • प्रकाशित मितिः भदौ 26, 2076
  • 1800 पटक पढिएको
  • औजार संवाददाता

धरान, २६ भाद्र । घरमा कोही नभएका अवस्थामा धरान–५ स्थित देउरालीमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती करिब १० बजेको समया घरमा छोरालाई सुताएर छिमेकीकोमा निस्केको बेला धरान–५ देउरालीकी नरवती राईको घरमा चोरी भएको थियो । राईको घरबाट दराजमा राखिएको सुन तथा चाँदीका गहनाहरु चोरी भएको थियो । जन्तर, तिलहरी, जुनतारा, ब्रास्लेट औठी गरी ३ तोला ५ आनी सुनको गहना र चाँदीको ब्रास्लेट र सिक्री चोरी भएको थियो । छिमेकीकोबाट फर्केर आउँदा छिमेकीहरु सूर्यबहादुर विश्वकर्मा र भक्तबहादुर विश्वकर्मा आफ्नो घरबाट निस्कदै गरेको देखेकी राईले तत्कालै सोधी खोजी गर्दा दुवै जना फरार भएका थिए ।

२ लाख ३८ हजार भन्दा बढी मूल्य पर्ने गहना चोरी भएपछि तत्कालै नरवती राईले प्रहरी चौकीलाई खबर गरेपछि उनीहरुलाई चोरीका गहना सहित प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए ।

डिएसपी न्यौपानेले चाडबाड नजिकिदै गएको बेला चोरी हुने सम्भावना बढी भएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । डिएसपी न्यौपानेले रातको समयमा बाहिर निस्कदा राम्ररी झ्याल तथा ढोका बन्द गर्न अनुरोध गरेका छन् भने लामोसमयसम्म घर छाडेर बाहिर जानुपरेमा प्रहरीलाई सूचना दिएर मात्रै जान समेत अनुरोध गरेका छन् ।


कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व

घरभाडा छुट दिन इटहरीको अनुरोध, वडा–वडामा राहत बाडिने

इटहरी । इटहरी उपमहानगरको आकस्मिक कार्यपालिकाको वैठकले सवैवडाहरुमा राहत वितरण गर्ने निर्णय गरेको छ । वडा