पब्जी खेल्न नदिएपछी यी युवाले 'घाँटी रेटेर बुबाको हत्या गरे'

  • प्रकाशित मितिः भदौ 25, 2076
  • 909 पटक पढिएको
  • औजार संवाददाता

पब्जी खेल्न रोकेको रिसको आवेगमा एक युवाले बुबाको घाँटी रेटेर हत्या गरेका छन्।भारतको दक्षिणी राज्य कर्नाटकको बेलगावी जिल्लाका एक २१ वर्षीय युवकलले आफ्नै बुवाको शिर काटेर हत्या गरेका हुन्।

पब्जीमा आदत लागिसकेका रघुवीर कुम्भर नामका ती युवकले आफूलाई पब्जी खेल्न रोकेपछि बुबा शेखरप्पा रेवप्पा कुम्भरको शिर काटेर हत्या गरेका हुन्। छोराको पब्जी खेल्ने बानीले पढाइमा असर गरेको भन्दै उनका पिताले उनलाई सो खेलका लागि रोक लगाएका थिए।

बेलगावीका पुलिस कमिसनर लोकेस कुमारले भनेका छन्, ‘ती युवकलाई मोबाइल खेलको लत लागिसकेको थियो। उनी चाहन्थे कि उनका बाबुले मोबाईल रिचार्ज गरुन् जसकारण उनी सो खेल खेल्न सकुन्।’ पब्जी खेल्ने र नखेल्ने विषयमा दुई बाबुछोराबीच झगडा भएको थियो। बुबासँग झगडा भएपछि ती युवाले आमालाई बाहिर पठाएर पहिले बाबुको खुट्टा काटेका थिए। त्यसपछि उनले धारिलो हतियार प्रयोग गरेर बुबाको शिर छिनालेका थिए।

बुबाको हत्या भएको देखेपछि ती युवककी आमा चिच्चाउँदै बाहिर निस्केर छिमेकीसँग गुहार मागेकी थिइन्। छिमेकीले प्रहरीलाई बोलाएर ती युवकलाई पक्राउ गराएका थिए।

-एजेन्सी


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्