रित्तियो मानवता : ११ वर्षीय बालिकालाई आफ्नै काकाले गरे बलात्कार

  • प्रकाशित मितिः भदौ 25, 2076
  • 1065 पटक पढिएको
  • औजार संवाददाता

बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

“परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पु¥याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छौँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ”, भट्टले भने, “आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिए ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए