अधिनायकवाद उन्मुख सरकारः देउवा

  • प्रकाशित मितिः भदौ 25, 2076
  • 115 पटक पढिएको
  • जयकृष्ण यादव

इनरुवा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।
सुनसरीको सदरमुकाम इनरुवाबाट दोस्रो राष्ट्रिय जनजागरण अभियानको मंगलबार उद्घाटन गर्दै कांग्रेस सभापती देउवाले सरकारलाई सत्ताको उन्माद लागेको बताए । नेपाली कांग्रेसले महामानव वीपी कोईरालाको १०६ औ जन्मजयन्तीको अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियानको सुनसरीको इनरुवाबाट सुरु गरेको छ । देउवाले देशको विकासमा वर्तमान सरकार बाधक भएको बताएका छन् । उनले विगतमा राम्रो काम गरेको नेपाली कांग्रेसको सरकारको कामलाई उल्टाउदै विकासको बाधकको रुपमा उभिएको आरोप लगाएका हुन् ।
देउवाले सरकार न्यायपालिका, कार्यपालिका र व्यवथापिका, सञ्चार लगायतका क्षेत्रमा हस्तक्षेप गरेको दाबी गरे । उनले अहिलेको अवस्थामा लोकतन्त्रलाई मजबुत पार्ने र संघीयतालाई पूर्ण कार्यान्वय गर्नुपर्नेमा सरकारले त्यसको विपरित भाषणमा एउटा काम र व्यवहारमा अर्कै गरेकाले नेपाली जनता निरास बनेको टिप्पणी गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारको कार्यशैलीले नेपाली नागरिक आजित बनेको समेत आरोप लगाए । उनले सरकारले जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा त्यस विपरित वर्तमान सरकार पार्टी केन्द्रित भएर काम गरेका नेपाली नागरिक आजित बनेको बताए । देउवाले काग्रेंसको पालामा सुनसरीको इनरुवादेखी कौवाखोच कप्तानगञ्जसम्म, दुहवीदेखी इनरुवासम्म, हरिनगरादेखि विराटनगरसम्म, लौकहीदेखी भुटाहासम्मका गरि दर्जन बढी बाटोघाटोमा ग्राभेल र कालोपत्रेको काम गरेको दाबी समेत गरे ।
उनले अधिनायकवाद उन्मुख सरकारको कामले जनतालाई असर परेकाले त्यसको असर नेकपा नेतृत्वको सरकार माथि पर्ने, जनतालाई बेवास्ता गरेको, पार्टीको हितमा मात्रै काम गरेको आरोप लगाए । उनले धरानमा हुन लागेको उप निर्वाचनमा काग्रेंसले जित्ने समेत दाबी गरे । उनले आफू वीपीले देखेको सपना र लिएको बाटोलाई आफूले पुरा गर्ने समेत बताए ।
यसैबीच मंगलबार नै इनरुवा नगरपालिका २ स्थित नवनिर्मित जीपी भवनको समेत उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले दोश्रो जन जागरण अभियान रहर नभई बाध्यता भएको बताए ।
जनजागरण अभियानमा जिल्लाभरीका बिभिन्न क्षेत्रबाट कांग्रेसका नेता कार्यकर्ताहरु सहभागी भएको सुनसरी कांग्रेसले जनाएको छ । सो कार्यक्रममा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासगैं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, पूर्व अर्थमन्त्री प्रकाशशरण महत, पार्टीका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विजय गच्छदार, अमृत अयार्ल, पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्व राज्य मन्त्री सिताराम मेहता लगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेस सुनसरीको हाताभित्र निर्मित गिरीजाप्रसाद कोईराला स्मृती भवनको उद्घाटन गर्दै पार्टीलाई मजबुत पार्ने उद्घोष समेत नेताहरुले गरेको कांग्रेस सुनसरी सभापति राजिव कोइरालाले जानकारी दिए । पार्टीलाई शसक्त बनाउँन यो अभियान गाउँगाउँ पु¥याइने योजना अनुसार सुनसरी सहित देशभरी सञ्चालन गरिने दोश्रो जनजागरण अभियानको क्रममा उद्घोष गरेको छ ।
कांग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलाप विरुद्धमा आफ्ना नेता कार्यकर्ता सहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताका मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यता समेत वितरण गर्नेसम्मको लक्ष्य कांग्रेसले लिएको हो । गत निर्वाचनमा पार्टीले बेहोरेको हारपछि कार्यकर्तामा देखिएको निराशालाई उच्च पार्नसमेत जागरण अभियान फलदायी भएको कांग्रेसले जनाएको छ । कांग्रेसले अभियानका लागि आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थालाई दोश्रो जनजागरण अभियानमा परिचान गरेको थियो ।


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको